काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन २७ फागुनमा हुने भएको छ। एन्फाले सोमबार आगामी केन्द्रीय निर्वाचनका लागि संशोधित कार्यतालिका सार्वजनिक गरेको हो। उच्च अदालत पाटनको अन्तरिम आदेशपछि निर्वाचन प्रक्रिया यथास्थितिमा राख्दै कार्यक्रम स्थान र मितिसहित कार्यतालिका संशोधन गरिएको एन्फाले जनाएको छ। संशोधित तालिकाअनुसार मताधिकार प्रतिनिधि तथा प्रतिनिधिहरूको विवरण एन्फा सचिवालयले ५ फागुनमा निर्वाचन […]
कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ । यसअघि रुपन्देही जिल्ला अदालतले पनि यस्तै प्रकृतिको आदेश दिएको थियो । सोमबार न्यायाधीश नितिश राईको इजलासले सरकारी वकिल कार्यालय, कास्कीबाट मुद्दा संशोधन तथा फिर्तासम्बन्धी परेको निवेदनमाथि सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध […]
एनआईसी एशिया क्यापिटल लिमिटेड र होटल ईष्टर्न नेपाल लिमिटेडबीच सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । मेचीनगर–१०, झापामा केन्द्रीय कार्यालय रहेको होटल ईष्टर्न नेपाल प्रस्तावित पाँचतारे स्तरको अन्तर्राष्ट्रिय होटल हो । कम्पनीको प्रबन्धपत्र तथा प्रचलित कानूनअनुसार भविष्यमा सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो […]
४ फागुन, सप्तरी । फागुन २१ मा हुनलागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका उपेन्द्र यादवले औपचारिक प्रचार-प्रसार थालेका छन् । सोमबारबाट घरदैलो अभियान सुरु गर्दै अध्यक्ष यादवले प्रचारप्रसारलाई औपचारिकता प्रदान गरेका …