रविलाई दोस्रो झड्का: रुपन्देहीपछि कास्की अदालतमा पनि गम्भीर अपराधको मुद्दा फिर्ता नहुने

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ । यसअघि रुपन्देही जिल्ला अदालतले पनि यस्तै प्रकृतिको आदेश दिएको थियो । सोमबार न्यायाधीश नितिश राईको इजलासले सरकारी वकिल कार्यालय, कास्कीबाट मुद्दा संशोधन तथा फिर्तासम्बन्धी परेको निवेदनमाथि सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध […]