होटल ईष्टर्नले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

एनआईसी एशिया क्यापिटल लिमिटेड र होटल ईष्टर्न नेपाल लिमिटेडबीच सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । मेचीनगर–१०, झापामा केन्द्रीय कार्यालय रहेको होटल ईष्टर्न नेपाल प्रस्तावित पाँचतारे स्तरको अन्तर्राष्ट्रिय होटल हो । कम्पनीको प्रबन्धपत्र तथा प्रचलित कानूनअनुसार भविष्यमा सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो […]