काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई राष्ट्रिय सभा निर्वाचनमार्फत थप क्षति भएको छ। केन्द्र र सबै प्रदेश सरकारको नेतृत्वबाट बाहिरिएर संकटमा परेको एमालेले राष्ट्रिय सभाको निर्वाचनमा पनि विभाजनको थप क्षति बेहोरेको हो।
बुधवार भएको राष्ट्रिय सभा निर्वाचनमा एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीसहित सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा…