बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब रु १९ लाख ७० हजार दुई सय ५३ भेटी सङ्कलन भएको छ । साउनका पाँच सोमबारका दिन पूजाआजाका लागि आएका भक्तजनले चढाएका रकमबाट सो भेटी जम्मा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।कोषका कोषाध्यक्ष कुमारी रोकाले पहिलो सोमबार रु। तीन लाख ३९ हजार पाँच सय ५६, दोस्रो सोमबार रु तीन लाख १८ हजार तीन सय ३२, तेस्रो सोमबार रु तीन लाख सात हजार १३, चौथो सोमबार रु चार लाख ६१ हजार चार सय २३ र पाँचौँ तथा अन्तिम सोमबार रु चार लाख ६८ हजार नौ सय