हलेसीमा २ हप्तामा ४ लाख रुपैयाँ भेटी सङ्कलन, साढे १९ ताेला चाँदी चढ्याे

खोटाङ – खोटाङको धार्मिकस्थल हलेसीमा दुई हप्तामा चार लाख ४३ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ । गएको फागुन १६ देखि ३० गतेसम्मको अवधिमा हलेसी मन्दिरमा रहेको शिव पार्वती थान तथा दान पेटिकाबाट चार लाख ४३ हजार दुई सय ३० रुपैयाँ भेटी सङ्कलन भएको हो ।  हलेसी गुफाभित्र रहेको शिव पार्वती थानबाट तीन लाख ३३ हजार तीन सय ५०, मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट ४१ हजार ६ सय पाँच, बसाहा थानमा राखिएको दान पेटिकाबाट ५० हजार नौ सय ७५ र गणेश मन्दिरमा राखिएको दान पेटिकाबाट १३ हजार तीन सय रुपैयाँ आम्दानी भएको हल...