ललितपुरमा शृङ्खलाबद्ध रुपमा मुर्ति चोरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–२ घर भएका २३ वर्षका नेशनल योञ्जन र ललितपुर महानगरपालिका–२० नःटोल घर भएका ४५ वर्षका सानुलाल महर्जन छन् ।२०७८ मंसिर यता ५ ठाउँबाट मूर्ति चोरेर बेचेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए ।मोटरसाइकलमा हिँड्ने योञ्जनले मूर्ति चोर्ने गरेको र ती मूर्ति सानुलालले किन्ने गरेको प्रहरीको भनाइ छ । &l