गोकर्णेश्वर मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित २ जना पक्राउ

काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा ओखलढुङगा लिखु गाउँपालिका–९ का अंकित घिमिरे र सर्लाही रामनगर गाउँपालिका–६का रुपनायाण शाह छन्। मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको थियो। प्रहरीले उनीहरुलाई ११ थान मूर्ति सहित पक्राउ गरेको हो।

सम्बन्धित सामग्री

चोरिएका ११ मूर्तिसहित २ जना पक्राउ

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोका बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका–९ का ४२ वर्षीय अङ्कित घिमिरे र गोकर्णेश्वर नगरपालिका–८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका–६ का ४६ वर्षीय रुपनारायण शाह रहेका छन् । उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको थियो ।  प्रहरीमा प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्ध र महान