एमाले सांसद पवित्रा निरौला खरेलले अस्पतालका भेन्टिलेटर र आइसीयु मेसिनमा माकुराले जालो लगाएको तर बिरामीले उपचार नपाएको बताइन् । बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद निरौलाले सरकारले कोरोना संक्रमण बढेका बेला धेरै अस्पतालमा आइसीयू र भेन्टिलेटरको स्थापना गरेपनि दक्ष प्राविधिकको अभावमा अहिले ति उपकरणमा माकुराले जालो लगाएको बताइन । उनले भनिन्–‘जिल्ला–जिल्लाबाट भाडा तिरेर उपचार गर्न मानिसहरु काठमाडौं आउँछन् । पाटन अस्पताल, सिभिल अस्पताल, वीर अस्पताल र शिक्षण अस्प