सुर्खेत : २१७ पटक वैठक बसेको कर्णाली प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्षमा ५३ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन्। ६ वटा विधेयक विषयगत समितिमा छलफलका लागि पठाएको छ भने ३ वटा विधेयक प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी र २ वटा प्रक्रियामा रहेका छन्।
कर्णाली प्रदेशसभाले जनसरोकारसँग सम्बन्धित १३ वटा विधेयक र कर्णाली प्रदेश सरकार सञ्चालनसम्बन्धी ४० वटा विधेयक बनाएको छ। ८३ वटा विधेयक दर्ता भएकोमा अध्यादेश ८ वटा, फिर्ता विधेयक ८ वटा र निष्क्रिय विधेयक ३ वटा रहेका छन्। अध्यादेश, फिर्त...