कर्णाली प्रदेशसभा अन्तर्गत प्रत्यक्षतर्फ २४ वटै निर्वाचित क्षेत्रको मतगणना परिणाम अनुसार एमालेले ५ सिटमा उपस्थिति जनाउँदा एमालेबाटै विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले भने अस्तित्व रक्षा गर्न सकेन । प्रतिनिधिसभातर्फ एमालेले सोही नियति भोगिरहेको छ ।०७४ को निर्वाचनमा कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ जम्मा १ सिट जितेर सरकारको नेतृत्वमा पुग्न सफल कांग्रेसलाई यो पटक गठबन्धनको सहयोगले फाइदा मिलेको छ । तथापि आन्तरिक कारणले सुर्खेत २ (क) र जुम्ला (क) मा कांग्रेसले पराजय भोग्नुप¥यो । जुम्ला