नारायणी अस्पतालमा अक्सिजन अभाव, कोरोना संक्रमित र अन्य बिरामीलाई सँगै राखेर उपचार गरिँदै

वीरगंज : प्रदेश २ को एक मात्र महानगरपालिका वीरगंजमा कोरोना संक्रमितको उपचारमा समस्या उत्पन्न हुन थालेको छ। वीरगंजमा पछिल्लो समय दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उपचारमा स्वास्थ्य निकाय असफल हुन थालेको चिकित्सकहरुको भनाइ छ। वीरगंजस्थित सरकारी अस्पताल नारायणी अस्पतलामा अहिले कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्ने प्रशासनको तयारी…

सम्बन्धित सामग्री

युद्ध असर : युक्रेनमा अक्सिजन अभाव, बेलायतमा पेट्रोलको भाउ आकासियो

रूसले हमला गरेपछि युक्रेनमा यतिखेर कोरोना संक्रमित बिरामी र लडाइँमा घाइते भएकाहरूको उपचार निम्ति मेडिकल अक्सिजन अभाव भएको छ । अक्सिजन आपूर्ति खतराको स्तरमै झरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । मेडिकल अक्सिजन बोक्ने ट्रक लडाइँका कारण अस्पतालसम्म पुग्न सकिरहेका छैनन् । राजधानी कियभका अस्पतालहरूमा अक्सिजन नहुँदा हाहाकार मच्चिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । आउँदो २४ घण्टाभित्र त्यहाँ सबै मेडिकल अक्सिजन स्टक सकिने स्थिति छ । डब्ल्यूएचओले पोल्याण्डको मार्ग

त्रिशूली अस्पताललाई १ हजार २०० सिलिण्डर अक्सिजन सहयोग

काठमाडौं। हाम्रो अक्सिजन उद्योगले नुवाकोटको त्रिशूली अस्पतालका लागि १ हजार २०० अक्सिजन सिलिण्डर प्रदान गरेको छ। अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारमा अक्सिजन अभाव भएपछि उद्योगले सिलिण्डर दिएका हो। दैनिक ७०० देखि ७५० सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको ककनीस्थित उक्त उद्योगले जनायो। सिलिण्डर दैनिक १०÷१० का दरले पठाइने जनाइएको छ।

हेटौंडा अस्पताललाई प्राप्त भयो १०० सिलिण्डर अक्सिजन

हेटौंडा : हेटौंडा अस्पतालमा थप १०० सिलिण्डर अक्सिजन आइपुगेको छ। अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीलाई आवश्यक अक्सिजन अभाव भएपछि नेपाली सेनाको पहलमा अक्सिजन व्यवस्थापन कार्य भइरहेको छ। जसअन्तर्गत आज शनिबार दिउँसो १०० सिलिण्डर अक्सिजनको व्यवस्थापन गरिएको हो।अक्सिजन अभाव भएपछि अस्पताल व्यवस्थापन समितिले शुक्रबार कोरोना संक्रमितको उपचार गर्न समस्या भएको भन्दै माफी मागेको थियो भने केही बिरामीलाई रेफरसमेत गरेको थियो। अस्पतालले विज्ञप्ति नै जारी गरेर अक्सिजन नहुँदा संक्रमितको उपचारमा समस्या भएको

बैतडी अस्पतालमा अक्सिजन अभाव

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीमा अक्सिजनको चरम अभाव भएको छ। कोरोना संक्रमित भएर जटिल अवस्थामा पुगेका बिरामीको उपचाररत जिल्ला अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ।  अस्पतालमा  १९ वटा मात्रै सिलिण्डर रहेका र ती सिलिण्डरले संक्रमितको उपचारका लागि निकै कम भएका जनाइएको छ। जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीका अनुसार अस्पतालमा रहेका १९ सिलिण्डरमध्ये पनि ८ वटा अक्सिजन भर्न लागि धनगढी पठाइए पनि त्यहाँ रहेको ग्यास प्लान्ट बिग्रिँदा समस्या भएको छ। ‘अस्पतालमा संक्रमितको संख्य

दाङमा अक्सिजन अभाव, क्षमताअनुसार संक्रमित भर्ना गर्न सक्दैनन् अस्पताल

दाङ : दाङको  कोरोना  विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको चरम अभाव भएको अस्पतालले जनाएको छ।  १०० शय्याको उक्त अस्पतालमा मंगलवार ६३ जना कोरोना संक्रमित रहेको अस्पतालका व्यवस्थाप दोर्ण वलीले जानकारी दिए। अक्सिजनको अभावले गर्दा संक्रमितलाई भर्ना गर्न कठिनाइ  भएको उनले बताए।अस्पतालमा अहिले कम्तीमा २०० अक्सिजन सिलिण्डर आवश्यक पर्ने वलीले बताए। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्लाबाट संघीय सरकारमा नेतृत्व गर्ने  मन्त्री, पूर्वमन्त्री, सांसद, पार्टीका नेता, समाजसेवी बुद्धिजीव

नागरिकको जीवनरक्षा गर्न सरकार असफलः दिल्ली हाईकोर्ट

एजेन्सी। दिल्ली हाईकोर्टले सरकार कोरोना संक्रमित नागरिकको जीवनरक्षा गर्न असफल भएको बताएको छ। एकजना संक्रमितका आफन्तले अदालत गुहारेपछि न्यायाधीश विपिन सांघी र रेखा पल्लीले भने, ‘नागरिक होइन, सरकार असफल भएको हो। हामी सबै असफल भएका हौं।’ भारतमा बढ्दो कोरोना संक्रमणले अस्पतालहरुमा अक्सिजन अभाव हुनुका साथै अन्य औषधिसमेतको हाहाकार मच्चिएको छ। त्यहाँ दैनिक संक्रमितको संख्या चार लाख नाघेको छ।

नागरिकको जीवनरक्षा गर्न सरकार असफलः दिल्ली हाईकोर्ट

एजेन्सी। दिल्ली हाईकोर्टले सरकार कोरोना संक्रमित नागरिकको जीवनरक्षा गर्न असफल भएको बताएको छ। एकजना संक्रमितका आफन्तले अदालत गुहारेपछि न्यायाधीश विपिन सांघी र रेखा पल्लीले भने, ‘नागरिक होइन, सरकार असफल भएको हो। हामी सबै असफल भएका हौं।’ भारतमा बढ्दो कोरोना संक्रमणले अस्पतालहरुमा अक्सिजन अभाव हुनुका साथै अन्य औषधिसमेतको हाहाकार मच्चिएको छ। त्यहाँ दैनिक संक्रमितको संख्या चार लाख नाघेको छ।

दिल्लीमा पनि अक्सिजनको अभाव

एजेन्सी। भारतको संघीय राजधानी दिल्लीमा पनि अक्सिजनको अभाव भएको छ। दिल्लीको जयपुर गोल्डेन अस्पतालमा अक्सिजनको अभाव हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ। योसहित अन्य अस्पतालमा पनि अक्सिजन अभाव भइरहेको छ। दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमित भेटिइरहँदा भारतमा मागअनुसारको अक्सिजन आपूर्ति भने हुन सकेको छैन।

कोरोना संक्रमित बढेसँगै भारतमा अक्सिजन अभाव

कोरोना संक्रमितको संख्या अत्यधिक बढेसँगै सरकारी तथा निजी अस्पतालले अक्सिजन ग्यासको चरम अभाव झेलिरहेको समाचारहरुमा उल्लेख छ।