र्‍यापीड पीसीआर परीक्षण नहुँदा यात्रु दुबई उड्न पाएनन्, टिकट बारे जानकारीको लागि सम्पर्क गर्न एयरलाइन्सको आग्रह

काठमाण्डौ – र्‍यापीड पीसीआर परीक्षण नहुँदा विमानस्थल पुगेर पनि दुबई उड्न नपाएका यात्रुलाई टिकट बारे थप जानकारीको लागि निगमको कार्यालय या ट्राभल एजेन्सीमा सम्पर्क गर्न एयरलाइन्सले आग्रह गरेका छ । नेपाल एयरलाइन्समार्फत दुबई जान टिकट काटेका यात्रुलाई अर्को सूचना नआउँदासम्म काठमाण्डौबाट दुबई यात्रु लैजान नसक्ने भन्दै नेपाल एयरलाइन्सले टिकट बारे थप बुझ्न ट्राभल एजेन्सी या निगममा सम्पर्क गर्न यात्रुलाई अनुरोध गरेको हो ।  टिकट बारे बुझ्न ०१४२२२०५५, ४२४८६१८,४२४८६०७ मा सम्पर्क गर्न भनेको छ । अब विमानस्थलमा यो व्यवस्...

सम्बन्धित सामग्री

बालुवाटारमा फैलियो कोरोना, देउवाकाे भोलि पीसीआर गरिने

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास  बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराएका थिए । देउवाको रिपोर्ट नेगेटिभ आएपनि प्रधानमन्त्री कार्यालयका भान्से तथा  दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ  देखिएको थियो  । दैनिक सम्पर्क भएका  व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि  देउवाले फेरि पीसीआर गर्न लागेका छन् । देउवा प्रमुख स्वकीय सचिव

प्रधानमन्त्रीका सार्वजनिक कार्यक्रम स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनका लागि राजनीतिक भेटघाट तथा औपचारिक कार्यक्रममा सहभागिता नजनाउने भएका छन् ।  सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराउँदा भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजेटिभ देखिएको थियो। पीसीआर परीक्षण गराउँदा प्रधानमन्त्री देउवाको भने नेगेटिभ रिपोर्ट आएको थियो । दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि सोमबारदेखि नै प्रधानमन्त्री देउवाले केही दिनका लागि राजनीतिक भ...

पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रूसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त खोप ल्याउन नेपाल सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । कोभिड–१९ र समसामयिक विषयमा सोमवार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रराष्ट्रबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आपैm आवश्यक मात्रामा खोप खरीद प्रक्रिया शुरू गरिसकेको बताउनुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गर्नुभयो । गतवर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन उहाँले अनुरोध गर्नुभयो । साथै छिमेकी र मित्रराष्ट्रलाई अक्सिजनलगायत स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न समेत आग्रह गर्नुभयो ।      प्रधानमन्त्री ओलीले गतवर्ष नै उपप्रधानमन्त्रीको संयोजकत्वमा कोभिड रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन गरिएको र त्यसबाट सरकारी निकायबीच समन्वय गरिएको तथा देशभर होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापन गराइएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा नेपालले क्रमशः प्रगति हासिल गरेको दाबी गर्नुभयो ।      सबैजसो अस्पताललाई पीसीआर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको भन्दै उहाँले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस्, कसैले पनि उपचार नपाएर मानिसको ज्यान ज्यान नपरोस् भनेर सरकारले सहजता अपनाएको बताउनुभयो । ‘जनताको स्वास्थ्य सुरक्षा पहिलो दायित्व हो । निषेधाज्ञाका कारण जनतालाई भोकै मर्न दिइनेछैन,’ उहाँले भन्नुभयो, ‘यस स्थितिमा पनि अर्थतन्त्र र रोजगारीलाई गतिशील बनाइनेछ । जनताको उपचार र सेवामा सबैको त्याग, लगनशीलता र समर्पणको प्रशंसा गर्दछु ।’    अस्पतालमा शय्या लुकाउने वा अनिययमिता जस्ता कार्य भेटिएमा कारबाही गरिने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले अक्सिजन उत्पादन बढाउन पनि पहल भइरहेको बताउनुभयो । रासस

बैतडीमा ३६० जनाले कोरोना जिते, छ वटा स्थानीय तह कोरोनामुक्त

बैतडीका ३७५ जना कोरोना सङ्क्रमित मध्ये ३६० जनाले कोरोना जितेका छन् । १५ जना स्थानीय तहका विभिन्न आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पीसीआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएका ३७५ जनामा मध्ये ३६० जनाले कोरोना जितेको बैतडीका कोभिड—१९ सम्पर्क व्यक्ति भुवन जोशीले बताउनुभयो ।