काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणले काठमाण्डाैको शंखरापुर नगरपालिका–३ मा रहेकाे लप्सीफेदी सबस्टेसन र प्रसारण लाइन अन्यत्र सार्ने सम्भावना नरहेकाे जनाएकाे छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि बोलपत्र स्वीकृत भइ ठेक्का सम्झौता गरी काम भइरहेकोले अहिले आएर सबस्टेसन अन्यत्र सार्न नसकिने प्राधिकरणले प्रष्ट पारेको हाे ।
प्राधिकरणले बोजिनीमा स्थानीय प्रभावितहरुको जायज मागलाई सम्बोधन गरेर नै लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाइएको जनाएकाे छ । सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्...