कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान हुने भएको छ । यसभन्दा अघि दैलेखेको दुल्लुदेखि कालीकोटहुँदै जुम्लासम्म ११ केभिए विद्युत् प्रसारण लाइन जडान भए पनि त्यसलाई विस्तार गरेर ३३ केभिए विद्युत् प्रसारण लाइन जडान लागेको हो । विगतमा कालीकोट र जुम्लामा ११ केभिए प्रसारण लाइन भएको र त्यसले विद्युत्को मागलाई धान्न नसकेका कारणले अहिले त्यसको विस्तार ३३ केभिए प्रसारण लाइन जडान हुने नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक जयप्रसाद पाण्डेले बताए । ‘विगतका ११ केभिए प्रसारण विद