सहकारीमार्फत गाउँगाउँमा राष्ट्रिय प्रसारण लाइन जडान

ताप्लेजुङमा विद्युत् सहकारीमार्फत दुर्गम बस्तीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । गत आर्थिक वर्षसम्ममा घरधुरीका आधारमा ताप्लेजुङमा ६१.७६ प्रतिशत राष्ट्रिय प्रसारण लाइन पुगेको हो ।जिल्लाका नौ स्थानीय तहमध्ये छ गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रमुख प्राविधिक हेमन्त चौधरीले बताए । मैवाखोला गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगे पनि प्राविधिक कारणले घरमा जडान गर्न केही समय लाग्ने उनले जानकारी दिए । मिक्वाखोला गाउँपालिका वडा नं १ र २ खो

सम्बन्धित सामग्री

माथिल्लो कर्णालीमा राष्ट्रिय प्रसारण लाइन विस्तार

जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीका पाँचओटा जिल्लामा थप राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण लागिपरेको छ ।  प्राधिकरणको आयोजनामा जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रस्तावित दैलेख कालिकोट–जुम्ला एक सय ३२ केभी प्रसारण लाइन तथा जुम्ला एक सय ३२ केभी सबस्टेसन निर्माण र जुम्ला तथा आसपासका जिल्लामा विद्युतीकरण विस्तार गर्ने तयारी गरिएको हो ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुम्लामा राष्ट्रिय प्रसारण लाइनको विस्तार भइसकेको जानकारी दिए । ‘नियमितरूपमा विद्युत् सेवा प्रवाह गर्न अति आवश्यक छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘जुम्लासम्म थप एक सय ३२ केभी प्रसारण लाइन विस्तार गर्न प्राधिकरण रातदिन लागिपरेको छ । यहाँका उपभोक्ताले केही वर्षपछि ढुक्कसँग विद्युत् बाल्न पाउनुहुनेछ ।’  हाल निर्माणाधीन सुर्खेत–दैलेख एक सय ३२ केभी प्रसारण लाइनको काम हुँदै गरेको कार्यकारी निर्देशक घिसिङले बताए । उजुम्लामा सबस्टेसन निर्माण हुने ठाउँ तथा सबस्टेसनसँग जोडिने लाइनहरू र प्रसारण लाइन तथा सबस्टेसन निर्माण गर्नुको उद्देश्य र महत्वबारे कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।   जुम्लाका सङ्घीय सांसद ज्ञानबहादुर शाहीले जुम्लाको विद्युत् विस्तारलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए । उनले जिल्लाका सबै क्षेत्रमा विद्युत् सेवा प्रवाह हुन नसकेको बताए ।   जुम्लासम्म एक सय ३२ केभी प्रसारणलाइनको विस्तार कार्य अगाडि बढाउन प्राधिकरणलाई ध्यानाकर्षण गरेको सांसद शाहीको भनाइ छ । कर्णालीमा ऊर्जा क्षेत्रमा लगानी गर्ने निजी क्षेत्रदेखि विभिन्न दातृ निकायलाई सांसद शाहीले अनुरोध गरे ।   जिल्ला समन्वय समिति, जुम्लाका प्रमुख गैरीनन्द आचार्याले नाममात्रको विद्युत् भएकाले नियमित रूपमा विद्युत् सेवा प्राधिकरणले दिन नसकेको गुनासो गरे । जुम्लाका आठओटै स्थानीय तहका गाउँगाउँसम्म राष्ट्रिय प्रसारण लाइन अझैसम्म पुग्न नसकेको चन्दननाथ नगरपालिकाप्रमुख राजुसिंह कठायतको भनाइ छ ।   प्राधिकरणको केन्द्रीय कार्यालयको टोलीसँग वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र एसियाली विकास बैंकका प्रतिनिधिहरूले जुम्लाको ऊर्जा क्षेत्रमा लगानी र सम्भावनाबारे यहाँका सरोकारवालासँग छलफल गरेका थिए । रासस

कालिकोटमा राष्ट्रिय प्रसारण लाइन तीन दिनदेखि अवरोध

दैलेख खण्डमा एक पोल ढलेका कारणले तीन दिन यता बिद्युत् बन्द भएको जनाइएको छ।

कालिकोटमा राष्ट्रिय प्रसारण लाइन तीन दिनदेखि अवरोध

दैलेख खण्डमा एक पोल ढलेका कारणले तीन दिन यता बिद्युत् बन्द भएको जनाइएको छ।

अवरुद्ध राष्ट्रिय प्रसारणलाइन सञ्चालनमा

जुम्ला– बाढी पहिरोले अवरुद्ध भएको राष्ट्रिय प्रसारण लाइन सञ्चालनमा आएको छ । कर्णाली राजमार्गसँगै विद्युतसमेत अवरुद्ध भएको थियो । कर्णाली राजमार्गको दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन पुगेको छ । बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति हुन सकेको थिएन । तर, निरन्तरको कामले विद्युत […]

ताप्लेजुङका दुई वटा पालिकामा अझै केन्द्रीय प्रसारण लाइन जोडिएन

ताप्लेजुङ – ताप्लेजुङका नौ पालिकामध्ये ७ वटा गाउँपालिका केन्द्रमा विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । दुई वटा गाउँपालिका केन्द्रमा भने राष्ट्रिय प्रसारण लाइन पुग्न बाँकी रहेको छ । सदरमुकाम फुङ्लिङमा पहिलो पटक २०७३ साल कार्तिक १३ गते राष्ट्रिय प्रसारण जोडिएको थियो । राष्ट्रिय प्रसारण लाइन पुगेको ६ वर्षमा ७ गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत प्राधिकरण ताप्लेजुङका प्रमुख इन्जिनीयर प्रदिप कुमार शर्माले बताउनुभयो । फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइ...

सवस्टेशन बनेकाे ६ वर्ष बित्यो, राष्ट्रिय प्रसारण लाइन जोडिएन

सुर्खेत : प्रदेश राजधानी वीरेन्द्रनगर भन्दा बाहिरको स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा यहाँका स्थानीयवासीहरु समस्यामा परेका छन्।जिल्लाको पञ्चपुरी नगरपालिका, वराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका सबै भू–भागमा राष्ट्रिय प्रसारण लाइन नपुगेको हो। यहाँका स्थानीयवासीहरु खमारीखोला लघु जलविद्युत आयोजना, बाबियाचौर लघु जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युतबाट सेवा लिइरहेका छन्।पश्चिम सुर्खेतमा केन्द्रीय प्रसारण विद्युतको लाइन लिने उद्धेश्यका साथ &nb

जोडियो गौरिशङ्कर वेदिङमा राष्ट्रिय प्रसारण लाइन : च्छोरोल्पा जाने पर्याटकलाई सहज

काठमाडौँ,२५ जेठ । दोलखाको विकट उत्तरी क्षेत्र गौरिशङ्कर हिमालको काखैमा रहेको गौरिशङ्कर गाउँपालिका–९ को विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ । गौरिशङ्कर–९ को पर्यटकीय विभिन्न गाउँहरुमा सोलार बत्ती जडान गरिएका थिए । गौरिशङ्कर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा गौरिशङ्करको च्छोरोल्पा हिमतालको बेस क्याम्प सुर्मुचे, क्याल्चे, डोङाङ्ग र बेदिङ्ग लगायतको क्षेत्रहरुमा […]

मार्तडीमा राष्ट्रिय प्रसारणको बिजुली

नागरिक समाजले लगातार तीन दिनसम्म आन्दोलन गर्नाका साथै कार्यालयमा तालबन्दी गरेपछि सदरमुकाम मार्तडी लगायत क्षेत्रमा प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो।...

सहकारीमार्फत गाउँगाउँमा राष्ट्रिय प्रसारण लाइन जडान

फुङ्लिङ । ताप्लेजुङमा विद्य्त् सहकारीमार्फत दुर्गम बस्तीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । गत आर्थिक वर्षसम्ममा घरधुरीका आधारमा ताप्लेजुङमा ६१.७६ प्रतिशत राष्ट्रिय प्रसारण लाइन पुगेको हो । जिल्लाका नौ स्थानीय तहमध्ये छ गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रमुख प्राविधिक हेमन्त चौधरीले बताए । मैवाखोला गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगे […]