काठमाण्डाै – सरकारले काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको पहिलो, दोस्रो र बुस्टर मात्रा खाेप लगाउन पुनः आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपले नै गम्भीर अवस्थामा पुग्नबाट रोक्ने भएकाले जुन मात्रा लगाउनुपर्ने हो त्यो मात्रा खोप अनिवार्य लगाउन आग्रह गरेको हो । खोप लगाएका मानिसको तुलनामा नलगाएका मानिसमा सङ्क्रमणले गम्भीर बिरामी बनाउने सम्भावना १० गुणाले धेरै हुने भएकाले खोप लगाउनुपर्ने मन्त्रालयको भनाइ छ । खोप लगाएका कोरोना सङ्क्रमित निकै कम मात्रै गम्भीर अवस्थामा पुग्ने मन्त्रालय...