झापा, साउन ५ । झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ। योसँगै गाउँपालिकाले एउटै नागरिकता नम्बर र एउटै जन्ममिति भएका लाभग्राहीलाई दुई वा सोभन्दा बढी परिचयपत्र जारी गरी दुईवटै परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ताबापतको रकम प्रदान गरेको पाइएको हो। सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ ले लाभग्राहीको नाम, दर्ता, […]