काठमाडौं। कोरोनाका कारण आईपीएल खेल्नबाट बञ्चित भएका लेफ्ट आर्म स्पिनर अक्षर पटेलको स्थानमा दिल्लीले शम्स मुलामीलाई टिममा राखेको छ । दिल्लीले हाल अक्षरको स्थानमा मुम्बईका लेफ्ट आर्म स्पिनर शम्स मुलानीलाई ‘सर्ट टर्म रिप्लेसमेन्ट’ को रुपमा टिममा सामेल गरेको हो। हाल भारतमा कोरोना महामारीबीच आईपीएल चलिरहेको छ। हालसम्म आईपीएलमा सहभागी पाँच खेलाडीहरुमा कोरोना पुष्टि भईसकेको छ।