भीमदत्तनगर, १ असार । जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ । यहाँका नौवटै तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन फाराम वितरणदेखि मतदाता नामावली प्रमाणितलगायतका काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी केशवसिंह भण्डारीले निर्वाचनका लागि मतपेटिका, मतपत्रसमेत …