गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले तराई मधेसलाई समृद्ध बनाउन चुरे विनाश रोक्नुपर्ने बताउँदै चार दशकअघिको अवस्थाको स्मरण गर्नुभएको छ । सप्तरीको राजविराजमा कर्मवीर योद्धा खुशीलाल मण्डलको नागरिक अभिनन्दन समारोहमा उहाँले चार दशकअघिसम्म अन्न धान, चामल निर्यात गर्ने अवस्थामा रहेका गरिब समुदायका मानिसले पनि पर्याप्त माछा खान पाउँथे भन्दै अहिलेको अवस्थाको कारण खोज्न आग्रह गर्नुभयो …