औषधि व्यवस्था विभागले १७ वटा औषधि पसललाई कारवाही गरेको छ । दर्ता नभएका, औषधि बिक्रीको बिल भरपाई नभएका औषधि पसललाई विभागले कारवाही गरेको हो । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा ती औषधि पसललाई कारबाही गरेको हो । विभागले जारी गरेको सूचनामा उल्लेख भएअनुसार औषधि ऐन २०३५ को दफा २० को उपदफा ४ (क) अनुसार काठमाडौं, ललितपुर र काभ्रेका विभिन्न औषधि पसललाई कारबाही गरिएको हो ।विभागका अनुसार काभ्रेका स्माइल केयर फार्मेसी, जनसेवा फार्मेसी, धुव्रतारा भेटेरीनरी सेन्टर, विराज औषधि पसल, कम्युनिटी वेलनेस से