काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महालक्ष्मी नगरपालिकाका राष्ट्रिय खेलाडी कमल श्रेष्ठले ५ अंक प्राप्त गर्दै ललितपुर जिल्ला खेलकुद बिकास समितिले बृहत् खेलकुद महोत्सव –२०७९ अन्तर्गत चेसमा पहिलो भएका छन् । ललितपुर जिल्ला खेलकुद बिकास समितिको सभाहलमा सम्पन्न भएको ६ चरणको खेलपछि कमलले आफ्नै नगरका सुरोज महर्जनलाई प्रोग्रेसिभका आधारमा पछाडि पार्दै जिल्ला च्याम्पियन बनेका छन् । […]