माइक्रो ब्लगिङ साइट ट्वीटरले भेरिफिकेसन ब्याजको पूरानो नियमलाई पूर्णरुपमा खारेज गर्ने भएको छ । जसअनुसार अब पूरानो विधि अनुसार ट्वीटरमा भेरिफिकेसन ब्याज अर्थात् निलो टिक पाएका सबैको अकाउन्टबाट उक्त चिह्न हट्नेछ । आगामी अपि्रल १ देखि ट्वीटरका अकाउन्टबाट पुरानो लिगेसी भेरिफिकेसन प्रोग्राम तथा पहिले सोही अनुसार प्राप्त भएका भेरिफिकेसन चेकमार्क हटाइने ट्वीटरले जनाएको छ । […]