बढ्दैछ घरजग्गाको कारोबार, हट्ला मन्दी ?

२८ चैत, काठमाडौं । चैत महिनामा पनि घरजग्गाको कारोबारमा वृद्धि देखिएको छ । चैत महिनामा ४९ हजार १५० वटा जग्गाको लिखत पास भएका छन् । यो लिखत पास चालु आर्थिक वर्ष २०७९/८०कै उच्च हो । बैंकहरुमा लगानीयोग्य पूँजी बढेसँगै लगानी बढेपछि घरजग्गाको कारोबारमा सुधार भएको हो । बैंकहरुमा लगानी थुप्रिन थालेपछि घरजग्गामा लगानी बढ्न थालेको […]

सम्बन्धित सामग्री

अर्थतन्त्र सुधार्न सरकारी अलमल

मुलुकमा मन्दी रहेको भनी विश्लेषण भइरहँदा शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) २०८०/८१ को प्रथम त्रैमासको वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले भने अर्थतन्त्रको बाह्य पक्षमा सुधार आएसँगै आन्तरिक अर्थतन्त्रले पनि क्रमश: गति लिन थालेको संकेत गरेको छ । यो तथ्यले सकारात्मक आशा प्रवाह त गरेको छ तर यस्तो संकेत देखिनुमा सरकारी पहल भने शून्य बराबर नै छ । त्यसैले अर्थतन्त्रलाई गति दिन सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाउन आवश्यक देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले नेपाली रुपैयाँमा विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रहेको देखिएको छ । तर, डलरका आधारमा भने २०७७ यताको बढी हो । २०७७ मा समीक्षा अवधिमा १२ अर्ब ३६ करोड डलर सञ्चितिमा रहेको थियो भने चालू आवमा १२ अर्ब ३३ करोड सञ्चिति पुगेको छ । त्यस्तै समीक्षा अवधिमा गत आवमा १२ अर्ब ३४ करोड शोधनान्तर बचत रहेकामा चालू आवमा ९९ अर्ब ७ करोड पुगेको छ । त्यस्तै मुद्रास्फीति पनि गत आवको दाँजोमा केही कम रहेको छ । बैंकहरूमा निक्षेप वृद्धिदर र कर्जा वृद्धिदर पनि गत आवको दाँजोमा बढी छ भने वाणिज्य बैंकहरूको आधारदर र कर्जाको भारित औसत ब्याजदर पनि घटेको छ । यसले केही समयअघि भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको आँकडाले देखाएको थोरै सुधारलाई नै थप पुष्टि गरेको छ । विभागको तथ्यांकले औद्योगिक कच्चा पदार्थको आयात थोरै भए पनि बढेको देखाएको थियो । अहिले ऋण प्रवाह बढ्नुका साथै घरजग्गाको कारोबार पनि बढेको देखिन्छ । यसरी हेर्दा आन्तरिक अर्थतन्त्रमा केही सुधार हुन लागेको देखिन्छ तर त्यो सुधारमा सरकारको पहल भने देखिएको छैन ।  सरकारले न निजीक्षेत्रको कुरा सुन्यो न त विकास निर्माणका कामलाई तीव्रता दिन नै विशेष केही नीति ल्यायो । उल्टो निर्माण सम्पन्न भएका आयोजनाहरूको भुक्तानीसमेत दिइरहेको छैन । त्यसैले सरकारकै कारण अर्थतन्त्र यति कमजोर भएको हो ।  अहिले देखिएको आयातको वृद्धिदेखि शोधनान्तर बचतसम्ममा सरकारको योगदान केही पनि छैन । विप्रेषण आप्रवाह बढेकाले बाह्य क्षेत्र सकारात्मक देखिएको हो । आयात केही बढेको भए पनि विगतमा जस्तो आयात अझै भइरहेको छैन । यस्तो आयात बढ्न थाल्ने हो भने विदेशी विनिमय सञ्चितिमा दबाब पर्ने निश्चित जस्तै छ । त्यसैले यसमा देखिएको सुधारमा सरकारको कुनै कार्यक्रमले काम गरेको देखिँदैन ।  वास्तवमा अर्थतन्त्रमा जुन मन्दी देखिएको छ त्यसको मूल कारण सरकारकै कमजोर कार्यक्षमता हो । हुन त कोरोनाका कारण थलिएको अर्थतन्त्र रूस–युक्रेन युद्धका कारण सृजित आपूर्ति समस्याले प्रभावित भएको छ । तर, यस्तो प्रभावबाट छिमेकी मुलुक भारत खासै प्रभावित भएन । नेपालको ठूलो व्यापारिक साझेदार तथा नेपाली रुपैयाँको विनिमय दर भारतीय रुपैयाँसँग आबद्ध (पेग्ड) भएकाले नेपाल पनि कमै प्रभावित भएको देखिन्छ । यस्तोमा सरकारले न निजीक्षेत्रको कुरा सुन्यो न त विकास निर्माणका कामलाई तीव्रता दिन नै विशेष केही नीति ल्यायो । उल्टो निर्माण सम्पन्न भएका आयोजनाहरूको भुक्तानीसमेत दिइरहेको छैन । त्यस्तै आन्तरिक ऋण लिएर कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्थामा समेत सरकारी खर्च कटौती गर्न चासो नै दिएन । त्यसैले सरकारकै कारण अर्थतन्त्र यति कमजोर भएको हो । अर्थतन्त्र थोरै भए पनि सुध्रनुको कारण सरकार होइन, राष्ट्र बैंक हो भन्ने पनि देखिँदैन । तर, राष्ट्र बैंकका गभर्नर आफ्नो कामले अर्थतन्त्रले गति लिएको बताइरहेका छन् जसलाई विश्वास गर्नुपर्ने ठोस आधार देखिँदैन । निजीक्षेत्रको मनोबल अझै बढ्न सकेको छैन । उद्योगहरूले उत्पादन कटौती गरिरहेका छन् र बजारमा गएको उधारो उठ्न सकेको छैन । अर्थतन्त्रमा मन्दी रहेकै कारण बैंकहरूको खराब कर्जा निकै बढेको छ । जाजरकोट केन्द्र बनाएर गएको भूकम्पले पारेको क्षतिको पुनर्निर्माण र पुन: स्थापनाका लागि सरकारको व्ययभार थपिने देखिन्छ । यी तथ्यले भने अर्थतन्त्र सुधार्न गर्न ठूलै र साहसिक काम गर्नुपर्ने खाँचोलाई पुष्टि गरेका छन् । तर, सरकार आफै अर्थतन्त्रमा के भइरहेको छ भन्नेमा स्पष्ट देखिँदैन । अर्थमन्त्रीका परस्पर विरोधी अभिव्यक्तिले यसलाई पुष्टि गर्छ । त्यसैले तथ्यांकले अर्थतन्त्रमा केही सुधारको संकेत गरे पनि सरकारले साहसिक निर्णय नगरे तात्त्िवक फरक आउने देखिँदैन ।

आर्थिक मन्दी र युनिभर्सल बैंकिङ प्रणाली

अहिले बैंकले पर्याप्त लगानी गर्न सकेका छैनन् । घरजग्गाको कारोबार सुस्ताएको छ । उद्योगीले आत्मदाह र आत्महत्या गर्ने क्रम चलिरहेको छ । व्यवसायीका यस्ता क्रियाकलापले नेपाल पनि आर्थिक मन्दीमा फसिसकेको संकेत गर्दछ ।मन्दीको अर्थ...

घरजग्गाको मन्दी लम्बिने संकेत

सामान्यतया मुलुकको अर्थतन्त्रको गतिसँगै घरजग्गा कारोबारको गति पनि हिँड्ने गर्छ । अर्थतन्त्र चलायमान हुँदा घरजग्गाको कारोबार बढ्छ, मन्दी आउँदा यसको कारोबार पनि घट्ने गर्छ । नेपालकै पछिल्ला केही वर्षको तथ्यांक हेर्दा घरजग्गा कारोबारको गति अर्थतन्त्रको विस्तार र संकुचनसँग जोडिएर आएको देखिन्छ । २०४८ सालमा भएको राजनीतिक परिवर्तनपछिका पाँच वर्ष मुलुकको अर्थतन्त्रको आकार उच्च दरले बढेको […]

स्थानीय तहले काम नगर्दा घरजग्गा कारोबारमा मन्दी !

२२ साउन, काठमाडौं । असार महिनामा घर जग्गा व्यवसायमा सुस्तता देखिएको छ । २०७८ असारको तुलनामा बितेको असारमा महिनामा घरजग्गाको कारोबार मन्दी देखिएको हो । सरकारले गत २३ जेठमा जारी गरेको भू-उपयोग नियमावली-२०७९ ले नियमावली अनुसार वर्गीकरण नभएका कारोबार गर्न नपाइने भएपछि व्यवसायमा बन्दी देखिएको जग्गा तथा आवास विकास संघका एक पदाधिकारीले बताए । नियमावलीको […]

घरजग्गा विक्रीमा मन्दी

काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्याले घरजग्गा व्यवसाय पनि प्रभावित बनेको छ । कलंकी मालपोत कार्यालयका प्रमुख हरिकृष्ण सुवेदीले बैंकिङ क्षेत्रमा तरलता सहज नभएकाले घरजग्गा कारोबार विगत ३/४ महीनादेखि नै सुस्त भएको बताए । उपत्यकामा पछिल्लो २ महीनामा घरजग्गाको कारोबार ४० देखि ५० प्रतिशतसम्म घटिसकेको छ । तर, भूमि व्यवस्थापन तथा अभिलेख विभागको अनलाइन प्रणालीले भने केही कार्यालयको गलत तथ्याङ्क देखाएको पाइएको छ । कलंकी मालपोत कार्यालयले मङ्सिरमा ५६ र पुसमा ५१ करोड रुपैयाँभन्दा बढी रजिस्ट्रेशन दस्तुर मात्रै संकलन गरेको छ । तर, मालपोतको तथ्याङ्कमा भने मङ्सिर र पुस दुवै महीनामा ३०/३५ करोड रुपैयाँभन्दा बढी रजिस्ट्रेशन दस्तुर संकलन नभएको कार्यालय प्रमुख सुवेदीले बताए । भूसेवा केन्द्रले कुनै कारोबार गर्ने भनेर विभागको अनलाइन प्रणालीमा इन्ट्री गरेपछि कारोबार नभए पनि प्रणालीमा कारोबार संख्या र राजस्व देखाउँछ । त्यसैले विभागको तथ्याङ्कभन्दा कारोबार संख्या र राजस्व कम संकलन भएको देखिन्छ । नेपाल आवास तथा जग्गा विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्ले २० वर्षको व्यावसायिक यात्रामा २ पटक मात्रै यस्तो मन्दी देखेको बताउँछन् । ‘अर्थतन्त्रका सूचकहरू सबै नकारात्मक भएको बेलामा घरजग्गा व्यवसाय पनि सुस्ताएको छ,’ वाग्लेले भने, ‘अर्थतन्त्रका अरू सूचकहरूमा सुधार नआएसम्म घरजग्गा व्यवसायमा पनि सुधार आउने सम्भावना छैन । बरु यस्तो अवस्था लम्बिँदै गएमा धेरै व्यवसायी समस्यामा पर्न सक्छन् ।’ अहिले समस्यामा परेका केही व्यक्तिले सस्तोमा जग्गा बेचे पनि जग्गाको मूल्य नै घटिसकेको अवस्था भने नरहेको उनको दाबी छ । कसैलाई अति नै समस्या परेको बेला हिजो पनि सस्तोमा जग्गा बेच्थे, भोलि पनि सस्तोमा जग्गा बेच्छन् । तर, २/४ जनाले सस्तोमा जग्गा बेच्यो भन्दैमा समग्र घरजग्गाको मूल्य घट्यो भन्न नमिल्ने उनको भनाइ छ ।

महामारी शुरु भएपछि घरजग्गा कारोबारमा मन्दी

३ मंसिर, काठमाडौं । कोरोना महामारी शुरु भएपछि घरजग्गाको कारोबार सुस्ताएको सरकारी सर्वेक्षणले देखाएको छ । कोरोना महामारी शुरु भएको आर्थिक वर्ष २०७६/७७मा भन्दा आर्थिक वर्ष २०७७/७८को ९ महिनासम्म तुलनात्मक रुपमा घर जग्गाको कारोबार सुस्ताएको राष्ट्र बैंकको ‘घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन–२०७८’मा देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार बैक तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रदान गर्दा […]