घरजग्गा कारोबारमा मन्दी : ब्याज तिर्न सस्तोमा जग्गा बेच्दै व्यवसायी, पुसमा झन घट्यो कारोबार

माघ २, काठमाडौं । अन्तरराष्ट्रिय बजारमै घरजग्गा कारोबारमा मन्दी आइरहेको बेला नेपालमा पनि घरजग्गा बजार ओरालो लागेको छ । घरजग्गाको सर्वाधिक कारोबार हुने महीनामै कारोबार घटेपछि नेपाली बजारमा पनि मन्दी लागेको हो की भन्ने आशंका उब्जाएको घरजग्गा व्यवसायीहरुले बताएका छन् ।  मंसिरको तुलनामा पुसमा घरजग्गा कारोबारबाट आउने राजस्व ४० करोड रुपैयाँले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । मंसिरमा ७ अर्ब रुपैयाँ राजस्व उठेकोमा पुसमा ६ अर्ब ६० करोड रुपैयाँ मात्रै संकलन भएको हो । कारोबार संख्या भने मंसिर र पुसमा समान ७० हजार हाराहारी रहेको छ । गत वर्षको मंसिर/पुसमा भने मासिक ७५ देखि ८० हजार  हाराहारी घरजग्गा किनबेच र करीब १०  अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । सर्वाधिक घरजग्गा कारोबार हुने पूर्वी सहर इनरुवामा पुसमा जम्मा २ हजार मात्रै घरजग्गा किनबेच भएका छन् । जवकी विगतमा यहाँ मासिक ४/५ हजारसम्म घरजग्गा किनबेच हुने गरेका थिए । मासिक २ हजारदेखि २ हजार ५०० सम्म घरजग्गा किनबेच हुने उपत्यकाका लगनखेल, भक्तपुरलगायतका ठाउँमा पनि पुसमा १५/१६ सयभन्दा धेरै घरजग्गा किनबेच हुन सकेनन् । एक हजार भन्दा बढी घरजग्गा किनबेच  गर्ने कार्यालयको संख्या एक दर्जन भन्दा कम रहेको छ । झापा, विराटनगर, बेलबारी, जनकपुर, लगनखेल, भक्तपुर, चितवन, नेपालगञ्ज लगायतका कार्यालयले मात्रै एक हजार भन्दा धेरै घरजग्गा किनबेच गराएका छन् । विगतमा यी कार्यालयको कारोबार संख्या २/३ हजारभन्दा धेरै हुने गरेको थियो । बैंकिङ क्षेत्रमा तरलता अभाव कायमै रहेकाले घरजग्गाको कारोबार बढ्न नसकेको व्यवसायीहरुले बताएका छन् ।  ‘विगत ३/४ महीनादेखिनै घरजग्गा कारोबार सुस्ताएको छ । व्यवसायीले ५ प्रतिशत ब्याजदरमा लिएको ऋणको ब्याजदर बढेर १२/१३ प्रतिशत पुगिसकेको छ ।’ घरजग्गा व्यवसायी दिनेशलाल चुकेले भने, ‘यति लामो समय सम्म कारोबारमा मन्दी आयपछि नेपालमा पनि घरजग्गा क्षेत्रमा अन्तर्राष्ट्रिय बजारको जस्तै मन्दी आएको हो की भन्ने आशंका छ ।’ विगतमा उपत्यका बाहिर इनरुवा, विराटनगर, चितवन, पोखरालगायतका सहरमा कम्तिमा १० करोड रुपैयाँ बढी राजस्व आउने गरेकोमा पुसमा भने चितवन र पोखरामा मात्रै १० करोड रुपैयाँभन्दा बढी राजस्व आएको छ । यी बाहेक उपत्यका बाहिरका कुनैपनि कार्यालयले पुस महीनामा ८ करोड रुपैयाँ भन्दा धेरै राजस्व संकलन गर्न सकेनन् । उपत्यमा पनि ५० करोड बढी राजस्व संकलन गर्ने लगनखेलको राजस्व ३७ करोडमा झरेको छ ।  लगनखेलकै हाराहारी राजस्व संकलन गर्ने डिल्लीबजार मालपोत कार्यालयले पनि ३२ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको विभागको तथ्याङ्क छ । सस्तोमा जग्गा बेच्दै व्यवसायी बैंकबाट लिएको ऋणको ब्याज खप्टिदै गएपछि दवावमा परेका व्यवसायीले मूल्य घटाएरै भएपनि जग्गा बेच्न शुरु गरेको चुकेले बताए ।  यो मन्दी  अझै लम्बिदै गएमा दर्जनौ व्यवसायी नेपालमा पनि टाट पल्टिन सक्ने उनको विश्लेषण छ । ‘धेरै बैंक ऋण र थोरै आफ्नो पूँजी लगानी गरेका व्यवसायीहरु अफ्ठेरोमा परिसकेका छन्’, चुकेले भने, ‘बैंकले ऋण दिन  सक्दैनन्, हामि नै ऋण मिलाइ दिन्छौ भन्दा पनि किन्ने मान्छे छैनन् । अनि अफ्ठेरै परेका व्यवसायीले मूल्य घटाएर जग्गा बेच्न शुरु गरिसकेका छन् ।’ यो अवस्था लम्बिदै गएमा अरु व्यवसायीले पनि घरजग्गाको मूल्य घटाएर बेच्नु पर्ने अवस्था आउने उनको भनाइ छ ।  ‘कारोबार घटेपछि अहिलेपनि जग्गाको मूल्य बढेको छैन’, उनले भने, ‘पोहोर किनेको मूल्यमै जग्गा विक्री गरिरहेका छौ। तर पनि कारोबार सुध्रिने लक्ष्यण छैन ।’ आगामी फागुन चैत्र सम्म रेमिट्यान्स  बढ्ने र घरजग्गा  कारोबार पनि बढ्ने अपेक्षा गरेको चुकेले बताए । यो मन्दी २/३ महिना अरु लम्बिएमा भने धेरै व्यवसायीहरु टाट पल्टिने उनको चिन्ता छ । यो पनि पढ्नुस- काठमाडौंबाट १५ किलोमिटर टाढा रहेको गोदावरीमा किन आकासियो जग्गाको भाउ ? काठमाडौंमा अहिले पनि पाइन्छ प्रतिआना ५ लाखमै जग्गा, तर किन्नु अघि यी कुरामा ध्यान नदिए फसिन्छ ! आनाको ५ देखि १० लाखमै जग्गा पाइने उपत्यकाका यी ठाउँ, सबैको रोजाइमा परेपनि किन छन् सुनसान ? सुक्खा बन्दरगाहले नेपालकै नं १ व्यापारिक हब बन्दै बल्खु-कलंकी क्षेत्र, न्यूरोडका ३५०० होलसेल बल्खु सर्दै धमाधम टाट पल्टिदै चिनियाँ रियल इस्टेट कम्पनी, १० वर्ष यताकै ठूलो मन्दी, नेपालको अवस्था के छ ?  

सम्बन्धित सामग्री

सांसद अमरेशकुमार सिंह भन्छन्, ‘देशमा मिटर, सेन्टिमिटर, मिलिमिटर ब्याज छ’

उनले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरी तीन प्रकारको ब्याज रहेको टिप्पणी गरे।...

अन्योलमा ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा

२६ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठकले निर्णय गरेर २०७५ मंसिरबाट सरकारले विभिन्न सात शीर्षकका कर्जामा ब्याज अनुदान दिने गरी सहुलियतपूर्ण कर्जा सुरु गर्यो । अहिले १० शीर्षकमा उपलब्ध हुँदै आएको ब्याज अनुदानको सहुलियतपूर्ण कर्जामा स्रोत भने अनिश्चित छ । सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान सम्बन्धी कार्यविधि २०७५ अनुसार २ खर्ब ५८ अर्ब ४७ करोड १६ लाख […]

बैंकले ब्याज वृद्धि तत्काल रोक्नुपर्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले बैंकले जथाभावी ब्याज वृद्धि गरिरहेको चौतर्फी गुनासो आएको भन्दै ब्याज वृद्धि तत्काल रोक्नुपर्ने बताएका छन्। उद्योगी–व्यवसायीले सावा–ब्याज तिर्न नसक्दा समस्यामा परेको बताउँदै आएको जनाउँदै बैंकहरुले ब्याज वृद्धि गरिरहे...

बाँकेमा ब्याज तथा अनुदान रकम वितरण

यूवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ । बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गरेका हुन् । बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा नेपालगन्जको गृहिणी बहुउद्देश्यीय सहकारी संस्था, राप्तीसोनारीको सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था तथा कोहलपुरका सृजना कृषि सहकारी संस्था र गंगा जमुना कृषि सहकारी संस्थामार्फत कर्जा लिएका १ सय ३७ जनालाई १८ लाख रुप

ब्याज अनुदानसम्बन्धी सम्झौता

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सिद्धार्थ बैंक लिमिटेडबीच कृषि कर्जामा ब्याज अनुदानसम्बन्धी कार्यक्रम सञ्चालन गर्न समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। चालु आर्थिक वर्ष २०७८/७९ मा प्रदेशका...

ब्याज दर वृद्धिमा राष्ट्र बैंकको अङ्कुश, कात्तिकको ब्याज दर संशोधन हुने

काठमाण्डाै – बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याज दर बढाउन थालेपछि यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ११ दशमलव ६७ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेसँगै राष्ट्र बैंकले ब्याज दर असाधारण रूपमा बढ्न नदिन निर्देशन जारी गरेको हो ।  केन्द्रीय बैंकले हिजाे मङ्गलवार जारी गरेको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले जुनसुकै निक्षेपमा प्रदान गर्ने ब्याज दर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याज दरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन्...

बैंकहरुबीच ब्याज बढाउने होडबाजी

मुलुकको आर्थिक अवस्थाको पछिल्लो चित्र वाणिज्य बैंकहरुले निक्षेपमा ब्याज बढाउने प्रतिस्पर्धाले नै देखाउँछ । मुलुकका २७ वाणिज्य बैंकमध्ये १७ वटाले ब्याज बढाएका छन् । कार्तिक १ गतेदेखि लागू हुने गरी एकवर्षे मुद्दतीको ब्याज १० प्रतिशतभन्दा बढी छ । आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरुले कर्जा प्रवाह गरेको तुलनामा निक्षेप संकलन न्यून छ । झण्डै दुई …

मेगा बैंकको मुद्धती खातामा ९.५५ प्रतिशत ब्याज

मेगा बैंकले मुद्धती तथा बचत खातामा आकर्षक ब्याज दिने भएको छ । दसैंको बहार मेगा बैंकको उत्कृष्ट व्याजदर उपहार योजनाअन्तर्गत मुद्धती खातामा ९.५५ प्रतिशत ब्याज दिने भएको हो । त्यसैगरी बचत खातामा ६.०५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् ।बैंकले वार्षिक ब्याजदर ५.०५ प्रतिशतसम्म मासिक ब्याज प्राप्त हुने नयाँ बचत योजना थपेको छ । उक्त योजनामा […]

एनएमबि बैंकमा बचत गर्दा उच्च ब्याज पाइने

सबै वर्गलाई समेटने गरी निक्षेपमा एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरेको जनाएको छ । बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबि बैंकले अहिले ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको जनाएको छ । बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ । “हाल […]

नबिल बैंकले निक्षेपकर्ताको ब्याज बढ्यो

नबिल बैंकले व्यक्तिगत मुद्दति खाताको ब्याज दर बढाएको छ । बैंकले ६ महिनाभन्दा माथिको मुद्दति खातामा बार्षिक ७.५१ प्रतिशत ब्याज दिने जनाएको छ ।बैंकले यसअघि सात प्रतिशत ब्याज दिँदै आएकोमा अहिले बढाएको हो । छोटो अवधिको निक्षेपमा यो प्रचलित ब्याजमध्ये अधिकत हो । बैंकले व्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता […]