अति कम विकसित मुलुकलाई सहयोगको खाँचो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोभिड महामारीपछिको आर्थिक तथा विकासको पुनरुत्थानका लागि अति कम विकसित देशलाई सघाउन शक्तिराष्ट्रलाई आह्वान गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाको अवसर पारेर आयोजना गरिएको ‘महामारी रोकथाम, तयारी तथा प्रतिकार्य’ विषयक उच्चस्तरीय बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महामारीको सङ्कटबाट बाहिर निस्कन सङ्घर्षरत अति कम विकसित मुलुकलाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो रहेको औँल्याउनुभएको हो।

सम्बन्धित सामग्री

उद्यमशीलतामार्फत देशको विकास गर्नुपर्छ : प्रमुख महर्जन

पाटन– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्यमशीलतामार्फत देशको विकास गर्नुपर्नेमा जोड दिएका छन् । ललितपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको तेस्रो महिला उद्यमी सम्मेलन, २०८० लाई सम्बोधन गर्दै उनले उद्यमीलाई आर्थिक सहयोगको खाँचो औँल्याए ।  ‘हामी ‘पाटन डज नट स्लिप (पाटन निदाउँदैन)’ भन्ने परियोजना ल्याउँदैछौँ, यसमा उद्यमीलाई समेट्छौँ’, नगरप्रमुख महर्जनले भने, ‘नयाँ नौलो कार्यक्रम गर्नूस्, […]

सन् २०५० सम्म मुलुकमा क्षयरोग निर्मुल बनाइने

काठमाडौँ । सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग निर्मल बनाइन कार्ययोजना बनाइएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज यहाँ आयोजना गरेको क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम पुनरावलोकन तथा विस्तार कार्यशाला गोष्ठी शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले यस कार्यका लागि गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका साथै अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहयोगको खाँचो औँल्याए । हाल २५ […]

सन् २०५० सम्म मुलुकलाई क्षयरोगमुक्त बनाइने

काठमाडौँ– सन् २०५० सम्ममा मुलुकलाई क्षयरोगमुक्त बनाइने कार्ययोजना बनाइएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम पुनरावलोकन तथा विस्तार कार्यशाला गोष्ठी शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले यस कार्यका लागि गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका साथै अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहयोगको खाँचो औँल्याए ।  हाल २५ स्थानीय तहमा क्षयरोगमुक्त […]

सिरियाली मानवीय सङ्कट उच्च : संयुक्त राष्ट्र

सिरियामा एक दशकभन्दा बढी को विनाशकारी गृहयुद्धमा मानवीय सहयोगको खाँचो रहेको रेकर्ड गरिएको सङ्ख्यामा रहेको संयुक्त राष्ट्रसंघले बताएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहयोग मामिला हेर्ने निकाय (ओसिएचए)ले बुधबारको अन्ततिर प्रकाशित एउटा रिपोर्टमा भनेको छ, ‘सिरियामा कम्तीमा एक करोड ४६ लाख मानिसहरूलाई मानवीय सहायताको खाँचो छ र यो गत वर्ष एक करोड ३४ लाख भन्दा कम थियो ।’सिरिया द्वन्द्वका लागि संयुक्त राष्ट्र सङ्घका उप क्षेत्रीय मानवीय संयोजक मार्क कट्सले भने, ‘संकट सुरु भएदेखि नै

अरनिको समाजद्वारा मिडिया अलायन्सलाई स्वास्थ्य सामग्री हस्तान्तरण

अलायन्सका वरिष्ठ उपाध्यक्ष राजु कँडेल, महासचिव दिरेकलाल श्रेष्ठले कोरोना महामारी रोकथाम र नियन्त्रणको लागि सबैको साथ र सहयोगको खाँचो औल्याउँदै अरनिको समाजले सामाजिक हितमा गरेको कामको प्रशंसा गर्नुभयो ।

‘दश लाख अफगान बालबालिकालाई मानवीय सहयोगको खाँचो’

संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय बालबालिका आपातकालीन कोष(यूनिसेफ)ले दश लाख अफगान बालबालिकालाई अबिलम्ब मानवीय सहयोगको खाँचो रहेको जनाएको छ । यूनिसेफ अफगानिस्तानले यस प्रकारको खाँचो औल्याइरहँदा विश्व खाद्य कार्यक्रमले भने अफगानिस्तानलाई २० करोड अमेरिकी डलर बराबरको खाद्यको आवश्यकता रहेको जनाएको छ । यूनिसेफले भनेको छ, “हजारौं बालबालिका मानवीय सहयोगमै आश्रित रहेका छन् यद्दपी खाद्य अभाबमा बालबालिकामा कुपोषणको समस्या देखा पर्न सक्छ ।” विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक देविड बिस्लेले एक करोड ४० लाख अफगान खाद्य असुरक्षाको चपेटामा रहेको बताउनुभयो । जुन अफगानिस्तानको कुल जनसंख्याको एक तिहाइ हो । वर्षौको खडेरी, युद्ध र आर्थिक मन्दीले अफगानिस्तान अहिलेको अवस्थामा आइपुगेको उहाँले बताउनुभएको छ ।

२७ औं कार्गो दिवस मनाइयो, कार्गो सेवा अभिवृद्धि गर्न एकअर्का बीच सहयोगको खाँचो

साउन १५, काठमाडौं । नेपाल फ्रेट फरवार्डरस् एसोशिएसन (नेफा) ले बिहीवार २७ औं कार्गो दिवस मनाएको छ। नेपालमा कार्गो दिवस मनाउन थालेको २७ वर्ष पुगेको अवसरमा एसोशिएसनले राजधानीमा एक कार्यक्रम गरेर दिवस मनाएको हो । एसोशिएसनले हरेक वर्ष २९ जुलाईमा कार्गो दिवस मनाउँदै आइरहेको छ। एसोशिएसनका अध्यक्ष मनोज अधिकारीले कार्गो व्यवसायको व्यवासायिक क्षमता अभिवृद्धि र विश्वभर फैलिएको कोरोना महामारी बीच नेपाली लजिष्टिक क्षेत्रलाई जोगाई राख्न कार्गो व्यवसायी र एअरलाइन्सहरुले एक अर्कालाई साथ र सहयोग कायम राख्नु पर्ने बताए । यसैगरी एसोशिएसनका निर्वतमान अध्यक्ष प्रकाश सिंह कार्कीले कार्गो सेवा अभिवृद्धि गर्न एशोशिएसन, एअरलाइन्स र रेल सेवा प्रदायक बीच सुमधुर सम्वन्ध कायम राख्न आवश्यक रहेको बताए । सो अवसरमा नेपाल एअरलाइन्सका प्रवन्ध निर्देशक डिम प्रसाद पौडेलले नेपाल एअरलाइन्स हाल कठिन मोडमा रहेको भन्दै यसलाई बलियो र प्रतिस्पर्धी  बनाउन  व्यवस्थापनको तर्फबाट सुधारका कामहरु भइरहेको बताए । सोही अवसरमा नेपालबाट सवैभन्दा बढी कार्गो  बोक्ने विभिन्न एअरलाइन्स कम्पनी तथा रेल सेवातर्फको कम्पनीलाई पुरस्कार प्रदान गरिएको थियो ।

कोरोनाविरुद्धको खोप अभियान तीव्र बनाउन उपराष्ट्रपतिको ध्यानाकर्षण

काठमाडाैं।उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थितरुपमा तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। २५६५ औँ जन्मजयन्ती तथा किरात राई,याक्खा,सुनुवार,लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व,चण्डीपूर्णिमाका अवसरमा सन्देश दिँदै उनले कोरोना परीक्षणलाई तीव्र बनाउन र संक्रमितको प्रभावकारी उपचारमा ध्यान दिन आग्रह गरेका हुन्।महाव्याधिविरुद्धको संघर्ष, सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने जनाउँदै उनले आमजनताको साथ र सहयोगको खाँचो औँल्याए।

कोभिड ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो छ : डब्लूएचओ

काठमाडौँ / कोरोना भाइरसबाट ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले बताएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गिब्रियससले दैनिक कोरोना संक्रमित बढिरहेको नेपाललाई आपतकालीन सहयोगको आवश्यकता भएको बताएका हुन् । भारतमा कोरोनाले चिन्ताजनक अवस्था निम्त्याएको बताउँदै गिब्रियससले भनेका छन्,‘भारतलाई मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड... The post कोभिड ग्रस्त नेपाललाई आपतकालीन सहयोगको खाँचो छ : डब्लूएचओ appeared first on Purbeli News.