२७ औं कार्गो दिवस मनाइयो, कार्गो सेवा अभिवृद्धि गर्न एकअर्का बीच सहयोगको खाँचो

साउन १५, काठमाडौं । नेपाल फ्रेट फरवार्डरस् एसोशिएसन (नेफा) ले बिहीवार २७ औं कार्गो दिवस मनाएको छ। नेपालमा कार्गो दिवस मनाउन थालेको २७ वर्ष पुगेको अवसरमा एसोशिएसनले राजधानीमा एक कार्यक्रम गरेर दिवस मनाएको हो । एसोशिएसनले हरेक वर्ष २९ जुलाईमा कार्गो दिवस मनाउँदै आइरहेको छ। एसोशिएसनका अध्यक्ष मनोज अधिकारीले कार्गो व्यवसायको व्यवासायिक क्षमता अभिवृद्धि र विश्वभर फैलिएको कोरोना महामारी बीच नेपाली लजिष्टिक क्षेत्रलाई जोगाई राख्न कार्गो व्यवसायी र एअरलाइन्सहरुले एक अर्कालाई साथ र सहयोग कायम राख्नु पर्ने बताए । यसैगरी एसोशिएसनका निर्वतमान अध्यक्ष प्रकाश सिंह कार्कीले कार्गो सेवा अभिवृद्धि गर्न एशोशिएसन, एअरलाइन्स र रेल सेवा प्रदायक बीच सुमधुर सम्वन्ध कायम राख्न आवश्यक रहेको बताए । सो अवसरमा नेपाल एअरलाइन्सका प्रवन्ध निर्देशक डिम प्रसाद पौडेलले नेपाल एअरलाइन्स हाल कठिन मोडमा रहेको भन्दै यसलाई बलियो र प्रतिस्पर्धी  बनाउन  व्यवस्थापनको तर्फबाट सुधारका कामहरु भइरहेको बताए । सोही अवसरमा नेपालबाट सवैभन्दा बढी कार्गो  बोक्ने विभिन्न एअरलाइन्स कम्पनी तथा रेल सेवातर्फको कम्पनीलाई पुरस्कार प्रदान गरिएको थियो ।

सम्बन्धित सामग्री

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सुरु

१६ भदौ, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सुरु भएको छ । विमानस्थल कार्यालयका अनुसार ११ भदौदेखि यो विमानस्थलबाट पहिलो पटक फ्रान्सका लागि कार्गो निर्यात गरिएको छ । कुवेतहुँदै कार्गो फ्रान्स पठाइएको हो । हिमालेक्स ट्रेडर्सले उक्त सामान फ्रान्स पठाएको हो । अहिले यो विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गरिरहेको छ । कार्गो […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरु

भैरहवा– गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरु भएको छ । शुक्रबार पहिलोपटक काठमाडौंको हिमालेक्स ट्रेडर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालिमार्फत यो विमानस्थल प्रयोग गरेर विदेश निकासी सुरु गरेको हो । व्यवसायिक उडान सुरु भएको तीन महिनापछि हिमालेक्सले हस्तकलाजन्य सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाउन लागेको कम्पनीका सञ्चालक प्रदीप सापकोटाले जानकारी दिए […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरू

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरू भएको छ । शुक्रबार पहिलोपटक काठमाडौंको हिमालेक्स ट्रेडर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालि मार्फत यो विमानस्थल प्रयोग गरेर विदेश निकासी सुरु गरेको हो ।व्यवसायिक उडान सुरु भएको तीन महिनापछि हिमालेक्सले हस्तकलाजन्य सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाउन लागेको कम्पनीका सञ्चालक प्रदीप सापकोटाले जानकारी दिए ।पहिलो चरणमा दुई टन सामान निकासी हुन लागेको विमानस्थलले जनाएको छ । सामानको चेकजाँच पश्चात राजस्व दाखिला गर्नुपर्न

भैरहवा विमानस्थलबाट कार्गो ढुवानी सेवा सुरु गर्न व्यवसायीले थाले पहल

१० भदौ, काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट कार्गो ढुवानी सेवा सुरु गर्न व्यवसायीहरुले पहल थालेका छन् । गत २ जेठदेखि सञ्चालनमा आएको विमानस्थलमा कुवेतको एअरलायन्स जजिरा एअरवयजले हप्ताको ३ दिन उडान भरिरहेको छ । सो उडान आगामी सेप्टेम्बर महिनाको १५ तारिखदेखि हप्ताको सातै दिन हुने भएपछि व्यवसायीहरुले कार्गो उडानबारे चासो राखेका हुन् । टपलाइन […]

चोभार र भैरहवाबाट व्यावसायिक कार्गो सेवा सञ्चालन गर्न आग्रह

काठमाडौं, साउन १४ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मल्टिमोडल ट्रान्सफर ऐनलाई समयसापेक्ष रूपमा संशोधन गरी नियमावली तत्काल जारी गर्नेगरी तयारी थालिसकेको बताएका छन् । नेपाल फ्रेट फरवार्ड एसोसिएसन (नेफा)ले शुक्रबार २८औं कार्गो दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् । कार्यक्रममा उनले नेपाल उद्योग वाणिज्य महासंघको भिजन पेपर २०३० […]

सम्झौता भएको १७ वर्षपछि वीरगंज आइपुग्यो भारतबाट निजी कार्गो रेल

काठमाडौंः नेपाल-भारत रेल सेवा सुरुवातको १७ वर्षपछि भारतबाट निजी क्षेत्रको कार्गो रेल नेपाल आइपुगेको छ। बुधबार बिहान वीरगंज सुक्खा बन्दरगाहमा कार्गो रेल आइपुगेको हो। हल्दियाबाट ३५ घण्टामा हिम्ड टर्मिनल प्रालिको र्‍याक कार्गो रेल वीरगंज आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए। कार्गो रेल बिहान १० बजे वीरगन्जस्थित…

अब मोटरसाइकलबाटै कार्गो ढुवानी

डिजिटल कार्गो सेवा प्रदायक ‘उपाय सिटी कार्गो’ ले युकेएडको स्किल्स फर एम्प्लोयएमेन्ट प्रोग्राम–सीपको साझेदारीमा काठमाडौं उपत्यकामा बाइक (दुई पाङ्ग्रे सवारी) मार्फत कार्गो ढुवानी सेवा सुरु गरेको छ । डिजिटल नेपालको ढुवानी सेवाको मेरुदण्ड बन्ने लक्ष्य बोकेको उपाय सिटी कार्गोले दुई पाङ्ग्रे सवारीमार्फत हालैमात्र मोटरसाइकल कार्गो सेवा सुरु गरेको हो । योसँगै अब भारी सामानहरुको लागि मात्र नभई साना वस्तुहरू र पार्सल डेलिभरीका लागि सहज हुने भएको छ । ‘दुई पाङ्ग्रे ढुवानीको भविष

कतार एयरवेज कार्गोको फ्रेइटोसको वेब कार्गो सेवा विस्तार

दोहा । कतार एयरवेजले थर्ड पार्टी ई–बुकिङ प्ल्याटफर्म फ्रेइटोसको वेब कार्गो सेवा २३ अगस्ट २०२१ देखि लागू हुनेगरी विश्वभर विस्तार गरेको छ । कतार एयरवेजको विश्वव्यापी नेटवर्कमा प्रयोगकर्ताहरूले अब वेब कार्गो प्ल्याटफर्मबाट लागत तथा क्षमताको प्रत्यक्ष जानकारी सहित अनलाइन वा अफलाइन ई–बुकिङ गर्न सक्नेछन् । फेब्रुअरी २०२१ माफ्रान्स, जर्मनी, इटाली, दक्षिण अफ्रिका, स्पेन तथा नेदरल्याण्डस्मा सेवा सुरुवात भएपछि एयरलाइनले तीव्र रुपले युरोपका अन्य केही राष्ट्र र जुलाईमा संयुक्त राज्य अमेरिका

नेपाली कार्गो रेल भारतमा पनि चल्ने

काठमाडौं, असार २६ । कार्गो ढुवानीका लागि नेपाली रेल भारतमा समेत सञ्चालन गर्ने बाटो खुला भएको छ । शुक्रबार नेपाल र भारतबीच संशोधित रेल सेवा सम्झौताको लेटर अफ एक्सचेन्जमा सहमति जुटेसँगै पारवहनका लागि नेपाली रेलले वीरगञ्ज र विराटनगरदेखि कोलकाता÷हल्दियासम्म रेल सेवा दिनसक्ने भएको हो । सम्झौतामा नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेलले भारतमा समेत कार्गो […]

नेपाली कार्गो रेल भारतमा पनि चल्ने

कार्गो ढुवानीका  लागि नेपाली रेल भारतमा समेत सञ्चालन गर्ने बाटो खुला भएको  छ । शुक्रबार  नेपाल र भारतबीच संशोधित रेल सेवा सम्झौताको  लेटर  अफ  एक्सचेन्जमा सहमति  जुटेसँगै  पारवहनका  लागि  नेपाली  रेलले वीरगञ्ज र विराटनगरदेखि कोलकाता÷हल्दियासम्म रेल सेवा दिनसक्ने भएको हा ।सम्झौतामा नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेलले भारतमा समेत कार्गो सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई