काठमाडौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ८ औं सम्मेलन आजदेखि सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको वैज्ञानिकहरुको सम्मेलन आइतबारदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा अनुसन्धानकर्ताहरु, जनस्वास्थ्यविद्हरु, जनसंख्याविद्हरु, नीति निर्माणकर्ताहरु तथा बहुक्षेत्रीय विज्ञहरुबीच भेट गराई तथ्यमा आधारित नीति निर्माण र अन्तर विषयात्मक अनुसन्धानका निश्कर्ष सम्बोधन गरिने एनएचआरसीका सदस्य सचिव प्रदिप ज्ञवालीले बताए ।