देशमा गणतन्त्र आउँदा नागरिकको मनमा पलाएको आशाको दियो अहिले लगभग निभेको छ ।
त्यो बेला लाग्थ्यो । अब देश विकास हुन्छ । अब यहाँ नागरिकलाई दुःख दिने र नागरिकको भलो नचाहने कोही छैनन् । अब देशमै कलकारखाना खुल्ने छन् । रोजगारीका अवसर नेपालमै हुनेछन् । अब कुनै डर र अभावले देश छाड्न पर्दैन भनेर सायद मजस्ता धेरै युवालाई लागेको थियो होला । तर अहिले यो आशा निराशामा परिणत भएको छ ।
धेरै परदेशीले सोच्थेँ मजस्तो मेरो सन्तान देश छाडेर परदेशीन नपरोस् । देशमै केही गरुन् र उनीहरूलाई देशमै केही गर्ने वातावरण सरकारले बनाउने छ ...