नेपालमा कोरोना भाइरस संक्रमण दर घटे पनि मृत्यु संख्या भने स्थिर रहेको तथ्यांकले देखाएको छ । मंगलबार १२ हजार ६९२ परीक्षणमा १ हजार ९५७ जनामा संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु भएको छ । १ साता यताको तथ्यांक हेर्ने हो भने संक्रमण दर ओरालो लाग्दै गरेको देखिन्छ ।