भारतबाट नेपाल घुम्न आएका भाले हात्ती कोसी टप्पुमा पोथी हात्तीसँग मायापिरती गाँस्दै

नेपाल घुम्न आएका भाले हात्ती (मत्ता हात्ती) कोसी टप्पुमा रहेका पोथी हात्ती (ढोई)सँग मायापिरती गाँस्दै रमाउन थालेका छन् ।आफ्नो माउ समूह छाडेर भारतबाट नेपाल घुम्न आएका सबै भाले हात्ती कोसी टप्पुमा विगत दुई वर्षदेखि रमाइरहेका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षका अनुसार आरक्षभित्र हाल १४ वटा भाले हात्ती घुमफिर गर्दै रमाइरहेका छन् । ती सबै भारतबाट नेपाल घुम्दैफिर्दै आएका हुन् ।वन्यजन्तु, चराचुरुङ्गीको भौगोलिक सीमा हुँदैन । वन्यजन्तुलाई विचरण गर्न, आफ्ना पुर्खाले हिँड्ने गरेको क्षेत्र घुमफिर गर्न न पासप

सम्बन्धित सामग्री

४ वर्षमा हात्तीको आक्रमणबाट २३ को मृत्यु

जंगली हात्ती मकुना (भाले हात्ती) ले मध्यवर्ती क्षेत्रका बस्तीमा छिरेर चार वर्षयता २१ जनाको ज्यान लिइसकेको छ । कोसी टप्पु वन्यजन्तु आरक्षमा चरिचरण गर्दै आएको मुकनाले गत सोमबार दिउँसोमात्र बराहक्षेत्र मधुवन ११ खत्वेटोल बस्ने ६५ वर्षीया वृद्धा मगनी खत्वेको ज्यान लिएपछि फेरियो यसको चर्चा हुन थालेको छ ।

कोसी टप्पुमा रमाउँदै हात्ती

नेपाल घुम्न आएका भाले हात्ती (मत्ता हात्ती) कोसी टप्पुमा रहेका पोथी हात्ती (ढोई)सँग मायापिरती गाँस्दै रमाउन थालेका छन् । आफ्नो माउ समूह छाडेर भारतबाट नेपाल घुम्न आएका सबै भाले हात्ती कोसी टप्पुमा विगत दुई वर्षदेखि रमाइरहेका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षका अनुसार आरक्षभित्र हाल १४ वटा भाले हात्ती घुमफिर गर्दै रमाइरहेका छन् । ती सबै भारतबाट नेपाल घुम्दैफिर्दै आएका हुन् । वन्यजन्तु, चराचुरुङ्गीको भौगोलिक सीमा हुँदैन । वन्यजन्तुलाई विचरण गर्न, आफ्ना पुर्खाले हिँड्ने गरेको क्षेत्र घुमफिर गर्न न पासपोर्ट चाहिन्छ, न भिसा नै...