सामाजिक सञ्जाल भाइबार, इन्स्टाग्राम र बिगोमा साथी बनाएर कुराकानी गर्ने क्रममा अश्लील भिडियो बनाएर हैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएर काठमाडौंको बौद्ध बस्ने १९ वर्षका रमीज राजा र ताप्लेजुङ घर भएर बौद्ध बस्ने ३२ वर्षका जेम्स तामाङ छन् । रमीजले नाबालिकासँग भाइबरमा अडियो संवाद गरेर ‘तिम्रो अश्लील भिडियो भाइरल छ’ भनेर त्रास देखाएर तस्बिर इडिट गरेर बनाएको भिडियो पीडितको भाइबरमा पठाएर नाजायज फाइदा लिन खोजेको साइबर ब्यूरोले जनाएको छ । अर्का