मेयरपछि राप्रपाका धवलको संसदमा इन्ट्री, कांग्रेसका सुदिपनरसिंह बने तेस्रो

काठमाडौं : बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा निर्वाचित भएका छन्। एमाले–राप्रपा गठबन्धनका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गर्दै निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरे।…

सम्बन्धित सामग्री

संसदमा शाहीको कविता: 'अपराधीलाई कारबाही गर भन्दा माग्छौ मेराे राजीनामा'

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बालकुमारी घटनामा मृत्यु भएका दुई युवाको सम्झनामा आइतबार प्रतिनिधिसभाको बैठकमा कविता प्रस्तुत गरेका छन्।...

संसदमा राप्रपा : आधा उठ्दा आधा बसिरहे

११ फागुन, काठमाडौं । भौतिक पूर्वाधार मन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुले शुक्रबार प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् । विपक्षी सांसदहरुले संसद अवरोध गर्दा राप्रपाका आधा सांसदहरु उठ्दा आधा भने बसिरहे । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले विवादित मन्त्रीको सम्बन्धमा सरकारको जवाफ मागेका थिए । माग ६ गते प्रतिनिधि सभाको बैठकमै प्रधानमन्त्री […]

८१ वर्षीय पशुपतिशमशेरलाई संसदमा शपथ खुवाउने अवसर

काठमाडौँ – मंसिर ४ गते भएको निर्वाचनबाट गठन भएको प्रतिनिधिसभामा राप्रपाका पशुपति शमशेर राणाले जेष्ठ सदस्यको हैसियत प्राप्त गर्ने भएका छन्। राप्रपाकोे समानुपातिक तर्फको खस आर्य समूहबाट सांसद बन्न लागेका ८१ वर्षे राणाले जेष्ठ सदस्यका रुपमा पहिलो बैठकको अध्यक्षता गर्ने र अरु सदस्यहरुलाई शपथ खुवाउने भएका छन्। उनले उक्त जिम्मेवारी अस्वीकार गरेको अवस्थामा मात्रै अरुले […]

राप्रपा सत्तामा आएपछि भ्रष्टाचारीहरुमाथि डोजर चलाउँछौंः राजेन्द्र लिङदेन

उनले आफू संसदमा एक्लो भएकाले आगामी निर्वाचनबाट आफूलाई संसदमा साथी दिलाइदिन आम मतदातासँग आग्रह गरे। आफूले पाँच वर्ष संसदमा खेलेको भुमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारहरुलाई पनि जिताउन उनले आग्रह गरे।...

आजबाट संसद आउन्न, चुनावपछि भत्ता खान नैतिकताले दिएन : लिङ्देन

काठमाडौँ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबारदेखि संसदमा उपस्थित नहुने घोषणा गरेका छन्। आइतबार संसदलाई सम्बोधन गर्दै लिङ्देनले चुनावपछि पनि संसद कामय राख्ने अनैतिक काममा सहभागी नहुने भन्दै अब संसद बैठकमा नआउने घोषण गरेका हुन्। उनले सांसदका रुपमा आफ्नो सेवा सुविधा रोक्न पनि माग गरे। उनले संसदमा भने, ‘अब म भत्ता पकाउन मात्रै संसदमा आउदिन। […]

एमालेद्धारा संसदमा मुल्यवृद्धिसम्बन्धी प्रस्ताव पेस, छलफल जारी

काठमाडौं, २० जेठ । नेकपा एमालेले पेट्रोलियम पदार्थको मुल्यवृद्धिबारे प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेस गरेको छ । प्रतिनिधि सभाको बैठकमा मुल्यवृद्धिबारे दर्ता भएको संकल्प प्रस्ताव एमालेका सचेतक विशाल भट्टराईले पेस गरेका हुन् । प्रस्तावको सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राप्रपाका राजेन्द्र लिङदेनले समर्थन गरेका हुन् । सांसदहरुले अस्वभाविक रुपमा मुल्यवृद्धि भइरहेको र सरकारले बजार अनुगमन […]

राप्रपा पक्ष र विपक्षमा मत नदिई तटस्थ बस्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदमा पक्ष/विपक्ष कतै पनि मतदान नगरी तटस्थ बस्ने भएको छ। विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै राप्रपाका सांसद राजेन्द्र लिङ्देनले सत्ता संघर्षको कुरूप खेलमा अहिले सहभागी नभई आगामी दिनमा सरकारका गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताए। अहिलेको राजनीतिक घटनाक्रमले संविधान असफल भएको प्रमाणित गरेको उनको तर्क थियो।