पेट्रोलियमको मूल्यवृद्धिमाथि संसदमा छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

नेकपा (एमाले) र राप्रपाका सांसदले पेट्रोलियम पदार्थ, इन्धन र खाना पकाउने ग्यासको मूल्यवृद्धिमाथि संसदमा छलफल गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । उक्त प्रस्तावको प्रस्तावकमा एमालेका मुख्य सचेतक विशाल भट्टराई रहेका छन् भने समर्थकमा एमाले सांसद यज्ञराज सुनुवार र गणेश पहाडी तथा राप्रपाका राजेन्द्र लिङ्देन छन् । मुख्य सचेतक भट्टराईले प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई उक्त प्रस्ताव बुधबार बुझाएका हुन् ।प्रस्तावमा पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार