झलनाथ भन्छन् –एमसीसी टेबल गर्न दिने नदिने कुनै निर्णय गरेका छैनौँ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी सम्झौता संशोधनविना नस्वीकार्ने सर्वसम्मत निर्णय भएको बताएका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले आफ्नो पार्टीले एमसीसी सम्झौता टेबल गर्न दिने या नदिने भन्ने कुनै निर्णय नगरेको दाबी समेत गरे ।  बैठकपछि नेकपा समाजवादीका नेताहरूले एमसीसी सम्झौता टेबल गर्न र संसद्मा छलफल गर्न दिने निर्णय गरेको बताएका थिए । तर नेता खनालले भने टेबल गर्न दिने निर्णय नभएको भन्दै खण्डन

सम्बन्धित सामग्री

एमसीसी टेबल गर्ने निर्णयमा माओवादीका ३ सांसदले जनाए लिखित असहमति

८ फागुन, काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा एमसीसी टेबल गर्न निर्णय गरेको छ । यो निर्णयमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित ३ जना सांसदले लिखित असहमति जनाएका छन् । प्रमुख सचेतक देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले सभामुख अग्नि सापकोटालाई संयुक्त पत्र लेख्दै एमसीसी टेबुल गर्ने विषयमा असहमति रहेको जानकारी […]

एमसीसी टेबल गर्ने निर्णयप्रति खनालको असहमति

काठमाडौँ । नेता झलनाथ खनालले आइतबार (आज)को संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति जनाएका छन् । उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताएका हुन् ।

एमसीसी टेबल गर्ने शीर्ष नेताको सहमतिमा झलनाथ खनालको आपत्ति

८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति प्रकट गरेका छन् । उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताए । ‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा ? संसद त चल्दैन […]

अर्थमन्त्रीले एमसीसी टेबल नगर्ने, माओवादी तत्काल सरकारबाट नबाहिरिने

सरकारले आइतबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल गर्ने तयारी गरेको छ। त्यसका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ।  सत्तारुढ दलका नेताहरु एमसीसी टेबल गर्न दिने सम्मको विषयमा लचक देखिएसँगै गठबन्धनको बैठकबाट सोही अनुसारको निर्णय गरेर एमसीसी टेबल गर्ने तयारी सरकारको छ । गठबन्धनको बैठकमा निर्णय भएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर एमसीसीबारेको कार्यसूची तय गर्ने बताइएको छ । स्रोतका

माओवादीका कारण एमसीसी टेबल हुनबाट रोकियो

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल हुने भनिए पनि टेबुल हुन सकेन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कारण एमसीसी टेबल हुनबाट रोकिएको हो । माओवादीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नगरी एमसीसी टेबल गरे सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हट्नुभएको हो […]

अन्ततः एमसीसी टेबल गर्नबाट ‘ब्याक’ भए देउवा

सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।    सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन बिना एमसीसी पारित हुन नसक्ने निर्णय गरेको थियो ।  जबरजस्ती एमसीसी टेबुल गरिए सरकारबाटै बाहिरिने माओवादीले न

जबरजस्ती एमसीसी टेबल गरे सरकारमा नरहने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने बताएको छ । संसदीय दलको कार्यालयमा आज बसेको बैठकले एमसीसी परियोजना टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो । आज संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसी टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो ।

एमसीसी टेबल हुनेभएपछि माओवादी र एसले डाके बैठक

काठमाडौं, ३ फागुन । एमसीसीबारे निर्णय लिन अमेरिकाले दिएको समयसीमा १३ दिन बाँकी छ । १६ फागुनमा एमसीसीबारे निर्णय लिनुपर्ने वाध्यकारी अवस्था छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी ४ फागुन भोलिको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गर्ने बताइसकेका छन् । यसलाई सभामुख अग्निप्रसाद सापकोटाले टेबल गर्ने बुझिएको छ । एमसीसी टेबल भएपनि निर्णयार्थ प्रस्तुत गर्न कम्तिमा […]

भोलिको संसद बैठकमा एमसीसी टेबल गराउने काँग्रेसको निर्णय

नेपाली काँग्रेसको बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने निर्णय गरेको छ। मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको एक सांसदले रातोपाटीलाई बताए । बैठकमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका थिए । उनले एमसीसीमा एमालेले दोहोर चरित्र देखिएको बताउँदै अरु कम्युनिस्टले पनि दोहोरो चरित्र देखाएको धारणा राखेको ती सांसदको भनाइ छ । यद्यपि यसमा सरकारले मना

एमसीसी टेबल गर्नेबारे सभामुख सापकोटाले भनेः म त अम्पायर मात्रै हुँ

काठमाडौँ – संसदमा एमसीसी टेबल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटा नरम देखिएका छन्। सोमबार सर्वदलीय बैठकपछि सभामुख सापकोटाले कुनै पनि विषयमा आफूले निर्णय गर्ने नभइ अम्पायरको भूमिका मात्रै निर्वाह गर्ने बताएका हुन्। यसअघि एमसीसी टेबल गर्ने विषयमा अनुदार देखिँदै आएका सापकोटाले आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताएका हुन्। बैठकपछि एमसीसीका विषयमा सोधिएको प्रश्नमा उनले भने, […]