एमसीसी टेबल हुनेभएपछि माओवादी र एसले डाके बैठक

काठमाडौं, ३ फागुन । एमसीसीबारे निर्णय लिन अमेरिकाले दिएको समयसीमा १३ दिन बाँकी छ । १६ फागुनमा एमसीसीबारे निर्णय लिनुपर्ने वाध्यकारी अवस्था छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी ४ फागुन भोलिको प्रतिनिधि सभा बैठकमा प्रस्तुत गर्ने बताइसकेका छन् । यसलाई सभामुख अग्निप्रसाद सापकोटाले टेबल गर्ने बुझिएको छ । एमसीसी टेबल भएपनि निर्णयार्थ प्रस्तुत गर्न कम्तिमा […]

सम्बन्धित सामग्री

एमसीसी टेबल हुँदा संसदमा यस्तो विरोध (तस्बिरहरु)

काठमाडौँ– सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गरेको छ। विरोधकाबीच आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सदनमा पेश गरेका हुन्। मन्त्री कार्कीले संसदमा एमसीसी टेबल गरिरहँदा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले पनि एमसीसीविरुद्ध नाराबाजी गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद बैठक […]

संसदको अर्को बैठक फागुन १२ गते

काठमाडौँ– प्रतिनिधिसभाको बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ। सरकारले संसदमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गरेपछि आजको संसद बैठक स्थगित भएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतको विरोधकाबीच सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसदमा पेश गरेका हुन्।

संसद्‍मा एमसीसी टेबल गर्नेबारे गठबन्धनमा छलफल जारी

काठमाडौँ – अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल गर्नेबारे निर्णायक छलफलका लागि सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक सुरु भएको हो। आजको बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी छ। प्रधानमन्त्री शेरबहादुर देउवाको संसदबाटै एमसीसीको निकास निस्कियोस् भन्ने चाहेका छन्। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले टेबल गर्न नदिए देउवाले […]

अर्थमन्त्रीले एमसीसी टेबल नगर्ने, माओवादी तत्काल सरकारबाट नबाहिरिने

सरकारले आइतबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल गर्ने तयारी गरेको छ। त्यसका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ।  सत्तारुढ दलका नेताहरु एमसीसी टेबल गर्न दिने सम्मको विषयमा लचक देखिएसँगै गठबन्धनको बैठकबाट सोही अनुसारको निर्णय गरेर एमसीसी टेबल गर्ने तयारी सरकारको छ । गठबन्धनको बैठकमा निर्णय भएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर एमसीसीबारेको कार्यसूची तय गर्ने बताइएको छ । स्रोतका

आजकाे संसद् बैठकमा एमसीसी टेबल हाेला ?

काठमाण्डाै - प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गर्ने तयारी गर्नु भएको छ । तर, संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसीसीसम्बन्धी एजेण्डाको विषय समावेश गरिएको छैन । सहमति नहुँदासम्म एमसीसीलाई अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटा पनि तयार नभएकाले आजको बैठकमा पनि एमसीसी टेबल हुने सम्भावना कम छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले भने आजको बैठकमा एमसीसी टेबल हुने बताउनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्...

संसदको आजको बैठकमा एमसीसी टेबल नहुने

काठमाण्डाै – प्रतिनिधिसभाको आज बस्ने बैठकमा एमसीसी सम्झौता टेबल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा आजको बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको हो । संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच यस्तो सहमति भएको छ । प्रधानमन्त्री र प्रचण्डबीच भोलि दिउँसो सत्ता गठबन्धनको बैठक बस्ने सहमति पनि भएको छ । यथास्थितिमा एमसीसी टेबल नहुने र भएमा सरकार छाड्ने माओवादी केन्द्रको ...

एमसीसी रोक्न प्रचण्डको अन्तिम प्रयास, देउवाले नमाने आजै सरकार छाड्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसीसी टेबल हुनबाट रोक्न अन्तिम प्रयासमा जुटेका छन् । त्यसका लागि अध्यक्ष प्रचण्ड पार्टी संसदीय दलको बैठक लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् । बालुवाटार पुगेर प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने दलको बैठकमा आफ्ना सांसदलाई जानकारी गराएका छन्  । यदि प्रधानमन्त्री देउवाले प्रचण्डको आग्रह अस्वीकार गरी एमसीसी टेबल गरिए गठबन्धन र स

जबरजस्ती एमसीसी टेबल गरे सरकारमा नरहने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने बताएको छ । संसदीय दलको कार्यालयमा आज बसेको बैठकले एमसीसी परियोजना टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो । आज संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसी टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो ।

एमसीसीबारे निर्णय लिन माओवादी संसदीय दलको बैठक सुरु

काठमाडौँ । एमसीसीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । बिहान ८ बजे बोलाइएको बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो । आजको संसदमा एमसीसी टेबल हुने सम्भावनाबीच माओवादीको संसदीय दलको बैठक बसेको हो । माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताइरहेको छ । संसद बैठक १ बजे बस्दैछ […]

प्रधानमन्त्रीले भने, ‘अब एमसीसी टेबल गरौँ’, प्रचण्ड–माधवको जवाफ, ‘हुन्न’

सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा शनिबार भएको बैठक बिना कुनै निष्कर्ष सकिएको छ । एमसीसी परियोजना बारेको सम्झौतालाई कसरी अगाडि बढाउने विषयमा सत्तारुढ गठबन्धनका दलहरु आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीका विषयमा लामो छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री देउवाले प