शिखर इन्स्योरेन्स २० औँ वर्षमा प्रवेश

काठमाडौँ – शिखर इन्स्योरेन्स कम्पनी २० औं वर्षमा प्रवेश गरेको छ। कम्पनीले १९ औँ साधारण सभा सम्पन्न गरेसँगै २० औं वर्षमा प्रवेश गरेको हो। २०६१ जेठमा स्थापना भएको कम्पनीले निर्जीवन बीमा व्यवसायको सुरुवात भने २०६१ मंसिर २ गतेदेखि गरेको थियो। शिखर इन्स्योरेन्स कम्पनी १९ वर्षको अवधिमा १० करोडको सुरुवाती चुक्ता पूँजीबाट साढे ११ अर्बको कम्पनी […]

सम्बन्धित सामग्री

शिखर इन्स्योरेन्स कम्पनीमा चार जना सञ्चालक निर्वाचित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा चार जना निर्वाचित भएका छन् ।  हालै सम्पन्न कम्पनीको १९औं वार्षिक साधारण सभाबाट चार जना सञ्चालक पदमा निर्वाचित भएका हुन्, जसमा गौरव अग्रवाल, बुद्ध एयरको तर्फबाट रमेश कुमार लुईटेल, डा. श्रुजना श्रेष्ठ र सौरभ ज.ब. राणा छन् । उनीहरू आगामी चार वर्षको कार्यकालको लागि निर्वाचित भएका हुन् ।

शिखर इन्स्योरेन्स कम्पनीमा चार जना सञ्चालक निर्वाचित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा चार जना निर्वाचित भएका छन् ।  हालै सम्पन्न कम्पनीको १९औं वार्षिक साधारण सभाबाट चार जना सञ्चालक पदमा निर्वाचित भएका हुन्, जसमा गौरव अग्रवाल, बुद्ध एयरको तर्फबाट रमेश कुमार लुईटेल, डा. श्रुजना श्रेष्ठ र सौरभ ज.ब. राणा छन् । उनीहरू आगामी चार वर्षको कार्यकालको लागि निर्वाचित भएका हुन् ।

शिखर इन्स्योरेन्स र ईशान अस्पतालबीच सम्झौता

काठमाडौंको बसुन्धरास्थित ईशान महिला तथा बाल अस्पताल र शिखर इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ। अस्पताल र  शिखर इन्योरेन्स कम्पनीबीच उपचारमा नगदरहित सेवा दिने सम्झौता भएको हो।

लाभांश नदिने भएसँगै शिखर इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट

जेठ १८, काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधवार शिखर इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेसँगै नकात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.९२४ दशलमव ३० मा झरेको हो  । कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेसँगै यो दिन विक्रेता हावी हुँदा शेयरमूल्य घटेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १६ हजार ९९८ कित्ता शेयर विक्री माग रहेको छ भने खरीद माग शून्य रहेको छ । कम्पनीले आगामी चैत मसान्तसम्म बीमा समितिले तोके बमोजिम चुक्तापूँजी रू.२ अर्ब ५० करोड पुर्‍याउन जगेडा कोषमा पर्याप्त रकम भएपनि हाललाई गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय भएको नेप्सेमार्फत जानकारी दिएको छ।

शिखर इन्स्योरेन्स कर्पोरेट एक्सेलेन्स अवार्डबाट सम्मानित

काठमाडौँ – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१’ बाट सम्मानित भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा शुक्रबार राजधानीमा सम्पन्न कार्यक्रममा शिखर इन्स्योरेन्सलाई ‘कर्पोरेट एक्सेलेन्स अवार्ड’ प्रदान गरिएको हो। विभिन्न १९ विधामा अवार्ड प्रदान गरिएको उक्त कार्यक्रममा जीवन तथा निर्जीवन बीमा विधातर्फ शिखर इन्स्योरेन्सलाई उक्त अवार्ड प्रदान गरिएको हो। विभिन्न वित्तीय तथा […]

शिखर इन्स्योरेन्स १८ औं वर्षमा

शिखर इन्स्योरेन्स कम्पनी १८ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०६१ सालको मंसिरमा स्थापना भएको इन्स्योरेन्स १८ औं वर्षमा प्रवेश गरेको हो । १० करोड रुपैयाँको चुक्ता पुँजीबाट स्थापना भएको कम्पनीको चुक्ता पुँजी अहिले एक अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।कम्पनीको पछिल्लो १५ औं र १६ औं वार्षिक साधारणसभाबाट पारित ३० प्रतिशत हकप्रद शेयर जारी भएपछि चुक्ता पुँजी २२८ करोड पुग्ने छ । कम्पनीले हाल देशभर १०५ वटा शाखाबाट सेवा सञ्चालन गरिरहेको बताएको छ ।

सिप्रदी र शिखर इन्स्योरेन्स बीच अटो प्लसमा सम्झौता, के के छन् सुविधा ?

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग र शिखर इन्स्योरेन्स  कम्पनी बीच अटो प्लसमा सम्झौता भएको छ । एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका उप–सभापति सौरव राज थपलिया र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेद्वारा संयुक्त रुपमा सम्झौतामा हस्ताक्षर गरेका छन् । यस अटो प्लस सम्झौतामा टाटा मोटर्सद्वारा उत्पादित गाडीहरु जस्तै टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागु हुनेछ । यस अटो प्लस स्कीममा सवारी साधन दर्ता भएको मितिबाट ५ वर्

शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेण्ट बैंकद्वारा हकप्रद सेयरका लागि निवेदन

शिखर इन्स्योरेन्स कम्पनी र एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । दवै कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेका हुन् ।शिखर इन्स्योरेन्सले १० बराबर ३ को अनुपातमा ५२ करोड ७५ लाख ५७ हजार २०० रूपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता र एक्सेल डेभलपमेण्ट बैंकले […]

शिखर इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको कम्पनी हो । शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने ५२,७५,५७२ कित्ता हकप्रद सेयर आफ्नो सेयरधनीहरूमा जारी गर्दैछ । हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्सका कम्पनी सच