लाभांश नदिने भएसँगै शिखर इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट

जेठ १८, काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधवार शिखर इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेसँगै नकात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.९२४ दशलमव ३० मा झरेको हो  । कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेसँगै यो दिन विक्रेता हावी हुँदा शेयरमूल्य घटेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १६ हजार ९९८ कित्ता शेयर विक्री माग रहेको छ भने खरीद माग शून्य रहेको छ । कम्पनीले आगामी चैत मसान्तसम्म बीमा समितिले तोके बमोजिम चुक्तापूँजी रू.२ अर्ब ५० करोड पुर्‍याउन जगेडा कोषमा पर्याप्त रकम भएपनि हाललाई गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय भएको नेप्सेमार्फत जानकारी दिएको छ।  

सम्बन्धित सामग्री

निर्जीवन बीमा कम्पनी : कुनले कति दिँदैछन् लाभांश ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीमध्ये हालसम्म पाँच ओटाले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिने भएका छन् । नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश दिन लागेका हुन्, जसमध्ये नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गराइसकेका छन् ।  कुनले कति दिँदैछन् ? नेपाल इन्स्योरेन्सले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ५२६३ प्रतिशत नगद लाभांश, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र ६ दशमलव ३७ प्रतिशत नगद लाभांश (करसहित), युनाइटेड अजोड इन्स्योरेन्सले १० दशमलव २६१२ प्रतिशत र कर प्रयोजनको लागि शून्य दशमलव ५४०१ प्रतिशत नगद लाभांश र एनएलजी इन्स्योरेन्सले ५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।   सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रस्तावित लाभांश पारितका लागि फागुन ३० गते साधारण सभा बोलाएको छ । गत आवको मुनाफाबाट यस कम्पनीले आफ्ना शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  निर्जीवन बीमा कम्पनीमध्ये चार ओटाले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेका छन्, जसमा नेको इन्सुरेन्स, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरेन्स छन् ।   प्रभु इन्स्योरेन्स, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले भने हालसम्म लाभांश वितरणसम्बन्धी निर्णय गरेका छैनन् ।

नेरुडे लघुवित्त र शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १७ गते बुक क्लोज गरेकाले माघ १६ गतेसम्म कायम शेयरधनी मा साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २५ गते साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे शिखर इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टर, काठमाडौंमा शुरू हुने कम्पनीले जानकारी गराएको छ । साथै सभाले यस कम्पनीले अन्य कुनै पनि  बीमक कम्पनीलाई गाभ्ने गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यस्तै नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २८ गते साधारण सभा बोलाएको छ । सभा उद्योग संगठन मोरङको सभाहल विराटनगरमा बिहान ११ बजे शुरू हुने जानकारी दिइएको छ ।

शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि सोमवार रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १७ गते बुक क्लोज गरेकाले माघ १६ गते सोमवारसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २५ गते साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे शिखर इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टर, काठमाडौंमा शुरू हुने कम्पनीले जानकारी गराएको छ । साथै सभाले यस कम्पनीले अन्य कुनै पनि बीमक कम्पनीलाई गाभ्ने गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

शिखर इन्स्योरेन्स कम्पनीका शेयरधनीले यो वर्ष पाउने छैनन् लाभांश

जेठ १८, काठमाडौं । शिखर इन्सुरेन्सले आव  २०७७ / ७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । आगामी चैत मसान्तसम्म बीमा समितिले तोके बमोजिम चुक्तापूँजी रू. २ अर्ब ५० करोड पुर्‍याउन जगेडा कोषमा पर्याप्त रकम भएपनि हाललाई गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय भएको कम्पनीले नेप्सेमा पेश गरेको  सूचनामा उल्लेख छ ।   आगामी दिनमा कम्पनीको पूँजी पर्याप्तता कायम हुने वा नहुने सम्बन्धमा विश्लेषण गरी निर्णय गर्नुपर्ने तथा अन्य कम्पनीलाई गाभ्ने वा गाभिने गर्नुपर्ने वातावरण सृजना भएमा सोही बमोजिम निर्णय गर्नु उचित हुने भन्दै कम्पनीले  हाललाई लाभांश वितरण नगर्ने बताएको छ । यद्दपि, बीमा समितिले तोकेकै समयमा चुक्तापूँजी रू. २ अर्ब ५० करोड पुर्‍याउने कम्पनीले बताएको छ । कम्पनीले हालैमात्र ३० प्रतिशत हकप्रद निष्कासन गरेर चुक्तापूँजी रू.२ अर्ब २८ करोड ६० लाख ८१ हजार पु¥याएको छ ।

शिखर इन्स्योरेन्सको २९ प्रतिशत बोनस प्रस्ताव

१४ कात्तिक, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २९ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सोमवार साँझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले कर प्रयोजनको लागि समेत नगद लाभांश दिने भएको छ । कम्पनीको प्रस्ताव बिमा समितिबाट स्वीकृत हुन र कम्पनीको साधारण सभाबाट पारित …