दशैंको खसीको विवादमा बाबुद्वारा छोराको हत्या

काठमाडौं, २७ असोज । दशैंमा खसीको व्यवस्थाको विषयमा विवाद हुँदा बाबुले छोरामाथि हँसिया प्रहार गरे । बाबुछोराबीच झगडा हिंसामा परिणत भयो । बाबुले आवेशमा आएर छोरामाथि हँसिया प्रहार गरे । छोराको घटनास्थलमै मृत्यु भयो । यो घटना सल्यानको हो । गएराति १० बजे बनगाडा कुपिण्डे नगरपालिका १० माझकाडाका ५५ वर्षीय निमबहादुर कुँवरले ३३ वर्षीय छोरा […]

सम्बन्धित सामग्री

घरायसी विवादमा बाबुले गरे छोराको हत्या

धनकुटा : पाख्रिवास नगरपालिका ९ मा बाबुले छोराको हत्या गरेका छन्।पाख्रिवास ९ का ५४ वर्षका उपेन्द्र ठाडाले धारिलो हतियार प्रहार गरी छोरा ३० वर्षीय सन्तोषको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए। घटना शुक्रबार बिहान साढे ८ बजे घरमा भएको जनाइएको छ। घटनास्थलतर्फ प्रहरी जाँदै गरेको कारणले घटनाको विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ। घटना घरायसी विवादका कारण भएको जनाइएको छ।

बन्चरो हानेर बुबाले गरे २० वर्षीय छोराको हत्या

जनकपुरधाम- घरायसी विवादमा सिरहामा बुवाले छोराको हत्या गरेका छन् । सखुवानन्कारकट्टी गाउँपालिका–२ पटनामा मंगलबार बिहान बुवाले बन्चरो प्रहार गरेर छोराको हत्या गरेको प्रहरीले जनाएका छन् । ६० वर्षीय सोनाई सदायले बञ्चरो प्रहार गरी आफ्नो २० वर्षीय छोरा परमेश्वर सदायको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए । उनले घरायसी […]

सल्यानमा बुवाले गरे छोराको हत्या

सल्यान : घरायसी विवादमा बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ५५ वर्षीय निमबहादुर कवर मगरले आफ्ना छोराको हत्या गरेका छन्।जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार निमबहादुरले धारिलो हतियार प्रयोग गरी ३३ वर्षीय रुपलालको हत्या गरेका छन्।दशैंको मासुको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा मंगलबार राति करिब १० बजे निमबहादुरले रुपलाललाई हसिँयाले प्रहार गरेका थिए। सूचना अधिकारी पौडलका अनुसार निमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।

अंशबण्डाको विवादमा बाबुले गरे छोराको हत्या

कपिलबस्तु – यसोधरा गाउँपालिका–३, हरदेवा गाउँमा बाबुले छोराको हत्या गरेका छन् । अंशबण्डाको विवादका कारण ७२ वर्षका बुबा मोहन बरइले ५० वर्षका छोरा तीरथ बराइलाई कोदालो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । मोहन २ वर्ष अघि भारत गएपछि बाबुले उनको मृत्यु दर्ता बनाएर आफ्नो सम्पत्ति अन्य चार जनालाई  ...