सल्यानमा बुवाले गरे छोराको हत्या

सल्यान : घरायसी विवादमा बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ५५ वर्षीय निमबहादुर कवर मगरले आफ्ना छोराको हत्या गरेका छन्।जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार निमबहादुरले धारिलो हतियार प्रयोग गरी ३३ वर्षीय रुपलालको हत्या गरेका छन्।दशैंको मासुको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा मंगलबार राति करिब १० बजे निमबहादुरले रुपलाललाई हसिँयाले प्रहार गरेका थिए। सूचना अधिकारी पौडलका अनुसार निमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। 

सम्बन्धित सामग्री

सल्यानमा बाबुद्वारा छोराको हत्या

सल्यानमा बाबुले छोराको हत्या गरेका छन् । मासुको विषयलाई लिएर विवाद भएपछि जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँरिलो हतियार (खुर्पा) प्रयोग गरी वर्ष ३३ का छोरा रुपलाल कवरको हत्या गरेका हुन् ।

सल्यानमा बाबुद्वारा छोराको हत्या

सल्यानमा बाबुले छोराको हत्या गरेका छन् । मासुको विषयलाई लिएर विवाद भएपछि जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँरिलो हतियार (खुर्पा) प्रयोग गरी वर्ष ३३ का छोरा रुपलाल कवरको हत्या गरेका हुन् ।

फाेनमार्फत बनेकाे प्रेमसम्बन्ध अघि बढाउन ४ वर्षे छाेराकाे हत्या

सल्यान - सल्यानमा एक महिलाले प्रेमीका लागि आफ्नै छोराको हत्या गरेकी छिन् ।  छत्रेश्वरी गाउँपालिका–४ सुँगुर पोखरी बस्ने १९ वर्षीया एलिशा खत्रीले आफ्नै छोरा समीर खत्रीलाई विष खुवाइ हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पतिसँग राम्रो सम्बन्ध नभएपछि कुनै अपरिचित व्यक्तिसँग फोन सम्पर्कमै प्रेम सम्बन्ध बढ्न...

छोरा हत्या गरेको आशंकामा आमा पक्राउ

सल्यान : सल्यानमा आफ्नै छोरा हत्या गरेको आशंकामा प्रहरीले आमालाई पक्राउ गरेको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे निवासी एक महिलालाई आफ्नै छोराको हत्या गरेको आशंकामा प्रहरीले पक्राउ गरेको हो। चार वर्षीय छोरा समिर खत्रीको हत्या गरी घरनजिकै गाडेको शंकास्पद खबर स्थानीयले दिएपछि जिल्ला प्रहरी कार्यालय सल्यानका प्र...