शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । ‘पर्यटकीय सम्भावनाको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नारासहित शुरु भएको महोत्सव एक सातासम्म सञ्चालन हुनेछ ।
महोत्सवको उद्घाटन कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रेम आले मगरले निकुञ्जको प्रचारप्रसार गरी पर्यटक अभिवृद्धिमा जोड दिनुपर्ने बताए ।
निकुञ्जमा ठूलो घाँसे मैदानसँगै स्तनधारी जीवजन्तु, थोरै क्षेत्रफलमा धेरै पाटे बाघको जनघनत्व, हात्ती, गैँडा, घस्रने जन्त...