वर्षभर जति वर्षा हुनेगर्थ्यो, चीनको जोंगजाउ शहरमा त्यति वर्षा एकैदिन भयो। भारी वर्षाले त्यहाँको जनजीवन अस्तव्यस्त भयो। यो त एउटा उदाहरणमात्र हो। विश्वभर नै रेकर्ड तोडिनेगरी मौसमी घटना बढ्न थालेको छ। कतै बाढी, कतै अति गर्मी त कतै जंगलमा भीषण आगलागी–यस्ता घटनाले जनजीवन र धनमालमा क्षति पुर्याइएको छ।यस्ता घटना मानिसले नै निम्त्याएको जलवायु परिवर्तनको नतिजा भएको वैज्ञानिकहरू बताउँछन्। अबका दिनमा त मौसम भविष्यवाणी गर्नसमेत थप मुस्किल पर्ने उनीहरूले चेतावनी दिइरहेका छन्। चीनको जोंग