काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि गर्मी छ । बेला-बेलामा वर्षा भइरहे पनि गर्मी बढेको छ।
तापक्रमसँगै वायुमण्डलमा सापेक्षिक आर्द्रता बढ्दा गर्मी बढेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार हिजो काठमाण्डौको तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । यसले गर्दा काठमाण्डौमा गर्मी महसुस भएको थियो । हिजो दिउँसो काठमाण्डौमा घाम चर्किएको थियो । बेलुका पानी परे पनि गर्मी भने कायमै थियो ।
मौसमविद् पौडेल भन्नुहुन्छ : ‘वायुमण्डलमा पानीको मात्रा बढ्दै जाँदा सा...