काठमाडौँ – सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा भएको संरचना नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। महानगरपालिकाले सोमबार २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन लिखित निर्देशन दिएको थियो। महानगरको उक्त निर्देशन रोक्न माग गर्दै नर्भिक अस्पतालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै बुधबार तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो। न्यायाधीश मनोजकुमार शर्माको एकल […]