काठमाडौं। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५ अंकले बढेको छ। घटेर कारोबार सुरु भए पनि बन्द हुने समयमा उत्साहजनक रूपले बढ्दै परिसूचक २८ सय २७ अंकमा पुगेर रोकिएको छ। यस क्रममा आज ११ अर्ब ३५ करोड रूपैयाँबराबरको २ करोड २६ लाख कित्ता सेयर किनबेच भएको छ।