सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको छ । मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो । सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएको छ। आज तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ। धेरै कारोबार हुने कम्पनीमा शिवम्, अरुण काबेली, नेस्डो, गुर्खाज फाइनान्स छन्। बुधबार सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ। यस दिन तीन अर्ब १६ करोड रुपैयाँको कारोबार भएको