जिल्लामा तेक्वान्दो खेलको विकासका लागि हेटौंडा उपमहानगरपालिकाले खेलकुद सामग्री हस्तान्तरण गरेको छ । तेक्वान्दो खेलमा आबद्ध रहेका खेलाडीलाई प्रशिक्षण गर्न सहज होस् भनेर उपमहानगरपालिकाले ६४ थान भुइँमा बिछ्याउने म्याट हस्तान्तरण गरेको हो ।
बारा । मकवानपुर ११ बाराको सिमरा रंगशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भरतपुर फुटबल क्लब र मकवानपुर ११ बीच भएकाे खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा टाईव्रेकरमा ४–३ को कठिन जित निकाल्दै मकवानपुर सेमिफाइनलमा प्रवेश गरेको हाे । मकवानपुर ११ ले बनाएको २–० को सुरुवाती अग्रता जोगाउन नसक्दा खेल […]
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका मकवानपुर इञ्चार्ज र सेक्रेटरीलाई मकवानपुर प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा इञ्चार्ज ध्रुव खड्का ध्रुव र सेक्रेटरी विक्रम राना शक्ति छन् ।
उनीहरूलाई हेटौँडा...
विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । गत संस्करणको विजेता आर्मीले उपाधि रक्षा गर्ने क्रममा सोमबार सम्पन्न फाइनलमा घरेलु टोली...
हेटौंडा – साविक विजेता त्रिभुवन आर्मी क्लबले घरेलु टोली विजय यूथ क्लबलाई हराउँदै मकवानपुर गोल्डकपको उपाधि उचालेको छ। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सम्पन्न चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकको उपाधि आर्मीले जितेको हो। हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको फाइनल भिडन्तमा आर्मीले घरेल टोली विजय यूथलाई २–१ गोलअन्तरले हराउँदै उपाधी जितेको हो। आर्मीले […]
मकवानपुर (हाम्रो खेलकुद) – घरेलु टोली विजय युथ क्लब हेटौैडालाई पराजित गर्दै विभागिय त्रिभुवन आर्मी क्लब चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । मकवानपुरस्थित पिप्ले क्याम्प रंगशालामा सोमबार भएको फाइनलमा विजय युथलाई २–१ ले पराजित गर्दै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो । आर्मीलाई च्याम्पियन […]
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा प्रत्येक बर्ष सञ्चालन हुँदै आएको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण यही जेठ १९ गतेबाट हुने भएको छ।...
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता जेठ १२ बाट हुने भएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघको मंगलबार बसेको बैठकले जेठ १२ गतेबाट मकवानपुर गोल्डकप फुटबलको आयोजना गर्ने निर्णय गरेको हो । फुटबल संघको आयोजनामा हुँदै आएको मकवानपुर जिल्ला लिग र गोल्डकपको मिति तोकेर पनि तयारी नपुगेको भन्दै सारिएको थियो । गोल्डकपको लागि मकवानपुरका १० वटै स्थानीय तहले बजेट विनियोजन गर्दै आएको छ ।‘यस बर्षको मकवानपुर गोल्डकपको लागि हामीलाई सबै पालिकाले
मकवानपुर । छिमेकी मुलुक भारत तथा प्रदेश नम्बर–२ बाट रातोमाटे नाका हुँदै मकवानपुर जिल्ला प्रवेश गर्ने यात्रुहरूको ज्वरो नाप्ने तथा परीक्षण गरिने भएको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले मकवानपुर प्रवेश गर्ने दक्षिणी रातोमाटे नाकाबाट मकवानपुर जिल्लामा प्रवेश गर्ने यात्रुहरूको हेटौंडा बस पार्कमा ज्वरो नाप्ने÷परीक्षण गर्ने, साबुन पानीले हात धुन लगाउने, मास्क र सेनिटाइजरको प्रयोग गर्न लगाएर मात्र पठाउने व्यवस्था मिलाउने निर्णय गरेको हो ।बैठकले बैशाख १४