काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ– संस्थालाई सहयोग गर्दै आएको छ । बैंकको बैतडीस्थित पाटन शाखाले पाटन–४ स्थित भूमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री उपलब्ध गराएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकले खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।
पाटन क्षेत्रले भलिबलमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गरिसकेकाले यहाँका खेलाडीलाई खेलप्रति थप हौसला दिन तथा खेल विकासमा सहयोग पुर्याउन खेल सामग्री वितरण गरिएको बैंकका पाटन शाखा प्रबन्धक विजय शाहले बताए । बैंकको सहयोगबाट विद्यालयको खेलकुद विकासका लागि सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक वीरेन्द्रबहादुर चन्दको धारणा छ । हाल बैंकले १०३ शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।