अफगानिस्तान संकटको विषयमा छलफल गर्न इस्लामिक देशका विदेशमन्त्रीहरू पाकिस्तानी संसदमा

इस्लामावाद । अफगानिस्तानको गहिरिँदो मानवीय संकट र ध्वस्त हुँदै गएको अर्थतन्त्रको बारेमा छलफल गर्न इस्लामिक मुलुकका विदेशमन्त्रीहरू पाकिस्तानमा भेला भएका छन् ।  आफगानिस्तानको अवस्थाबारे छलफल गर्न अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी)का विदेशमन्त्री परिषद्को असाधारण बैठक इस्लामावादको संसद भवनमा चलिरहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । ५७ इस्लामिक मुलुकका प्रतिनिधिहरू आजको सत्रमा सहभागी...

सम्बन्धित सामग्री

पाकिस्तान र अफगानिस्तानबीचको महत्वपूर्ण नाका बन्द हुँदा यात्रु र ट्रक अलपत्र

पाकिस्तान र अफगानिस्तान बीचको महत्वपूर्ण सीमा नाका तोरखाम बन्द हुँदा यात्रुहरू अलपत्र परेका छन् भने  अत्यावश्यक वस्तु बोकेका सयौं सवारीसाधन दुवैतर्फ फसेको समाचारहरूमा जनाइएको छ। ट्रकमा रहेका तरकारी र फलफूल बिग्रिएको व्यवसायीले बताएका छन्। स्रोतहरू उद्धृत गर्दै एआरवाई न्यूजले पाकिस्तान र अफगान अधिकारीहरूबीच तोरखाम सीमा बन्द गर्ने विषयमा छलफल भएको बताएको छ। तर, दुई पक्षबीचको वार्ता भने सफल हुन नसकेको बताइएको छ।सीमामा नयाँ पोष्ट निर्माण गरेपछि झडप भएपछि अफगानिस्तान–पाकिस्तान सीमा बन

इरानी प्रतिनिधिमण्डल सीमा विवाद बारे छलफल गर्न अफगानिस्तान पुग्याे

काठमाडौं । इरान र अफगानिस्तानबीच सीमा विवाका विषयमा छलफल गर्न इरानी विदेश उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल अफगानिस्तान पुगेको छ । अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा द्वन्द्व रोक्न संयुक्त इरान–अफगान समिति गठन गरेको घोषणा गरेपछि प्रतिनिधिमण्डल काबुल पुगेको हो । इरानको हिरमान्ड क्षेत्रमा इरानी सेना र तालिवान सेनाहरूबीच विवाद भएपछि इरान चिन्तित […]

चीनका विदेशमन्त्री वाङ यी आज नेपाल आउदै , यस्तो छ तयारी

चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा आज शुक्रबार नेपाल आउँदैछन्। परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उनी नेपाल आउँन लागेका हुन् । उनी दक्षिण एसियाली राष्ट्रहरुको भ्रमणको क्रममा  नेपाल आउँन लागेका हुन्  । पाकिस्तान, अफगानिस्तान तथा भारतको भ्रमण सकेर उनी आज नेपाल आउने छन्  । नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन् ।नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने छन् । त्यस्तै चैत १२ गते परराष्ट्रमन्त्री डा. खड्कासँग उनले द्विपक्षीय भेट गर्ने छन् । उनले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका उच्चस्तरीय नेतृत्वसँग भेटवार्ता गर्ने छन्।नेपाली प्रतिनिधिमण्डल र चीनका विदेशमन्त्री वाङसहितको प्रतिनिधिमण्डलबीच द्विदेशीय सहकार्य र विगतका साझेदारीका सवालमा थप छलफल र कार्यान्वयन प्रगतिका विषयमा छलफल हुने  बताईएको छ ।  दुई देश बीच केही नयाँ सम्झौता र सहमतिको तयारी पनि भएको छ । जस अनुसार जलविद्युत् परियोजना, ट्रान्स हिमालयन सम्पर्क सञ्जाल, बीआरआई परियोजनासँग सम्बन्धित विषयलाई नयाँ पहलसाथ अघि बढाउने विषयमा छलफल र सहमतिको आधार बनाइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।   विदेशमन्त्री वाङको बासस्थानदेखि उनी सवार हुने सडक, चोक तथा औपचारिक र अनौपचारिक कार्यक्रम स्थलहरूमा विशेष निगरानीसहितको सुरक्षा ब्यबस्था कडा पारिएको छ ।

कजाकिस्तान र अफगानिस्तानबीच सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल

काबुल [अफगानिस्तान], ११ पुस: काजाकिस्तान र अफगानिस्तानले देशको व्यापार र आर्थिक साझेदारीलाई बलियो बनाउने सम्भावनाहरूबारे छलफल गरेका छन् । व्यापारमन्त्री बाखित सुल्तानोभको नेतृत्वमा कजाकिस्तानको प्रतिनिधिमण्डलले अफगानिस्तानको भ्रमण गरेको छ । भ्रमणका क्रममा सुल्तानोभले अफगानिस्तानका उपप्रधानमन्त्री अब्दुल सलाम हनाफी, विदेशमन्त्री अमिर खान मुत्ताकी र कार्यवाहक वाणिज्यमन्त्री हाजी नुरुद्दीन अजीजीसँग भेटवार्ता गरेका थिए । “कजाख प्रतिनिधिमण्डलले [अफगान […]

सार्कलाई ब्युँताउन परराष्ट्रमन्त्री खड्का र महासचिव वीराकुनबीच छलफल

काठमाडौं । भारत-पाक सम्बन्ध र अफगानिस्तान संकटको कारण निष्क्रिय बनेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई ब्युँताउने विषयमा छलफल भएको छ । सार्क महासचिव एसला रुवान वीराकुन र परराष्ट्रमन्त्री नारायण खड्काबीच आज परराष्ट्रमन्त्रालय सिंहदरबारमा छलफल भएको हो । सार्कको अध्यक्ष राष्ट्र नेपाललाई महासचिव वीराकुनले संगठनलाई गतिशिल बनाउने नेतृत्व गर्न आग्रह गरेका थिए । भेटवार्तामा सार्कको […]

अफगानिस्तान सम्बन्धी भारतले बोलाएको सुरक्षा बैठक भोलिदेखि

काठमाडौँ– अफगानिस्तानका विषयमा छलफल गर्न भारतले बोलाएको सुरक्षा सम्मेलन भोलिदेखि दिल्लीमा शुरु हुनेछ । बैठकमा सहभागी हुन रुस, इरान र मध्य एसियाका पाँच देशका प्रतिनिधि दिल्ली पुग्दैछन् । बैठकमा चीन र पाकिस्तानले सहभागी हुन अस्वीकार गरेका छन् । दुई देशको अस्वीकारकाबीच दिल्लीमा दुई दिन चल्ने बैठकले अफगानिस्तानको सुरक्षा चासोका विषयमा छलफल गर्नेछन् । अफगानिस्तानमा तालिबानको […]

कतारका विदेशमन्त्री शेख मोहम्मद अफगानिस्तानमा

एजेन्सी, २८ भदौ। कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी अफगानिस्तान भ्रमणमा छन् । उनी अफगानिस्तानको राजधानी कबुल पुगेको जनाइएको छ। तालिवानले अफगानिस्तान कब्जा गरेपछि विदेशी प्रतिनिधिमण्डलको भ्रमण पहिलो पटक रहेको जनाइएको छ । तालिवानसँगको भेटवार्तामा द्धिपक्षीय सम्बन्ध, मानवीय सहायता, आर्थिक विकास लगायत विषयमा छलफल भएको उल्लेख छ ।-Photo: Agency

अफगानिस्तान र पाकिस्तानबीचको क्रिकेट शृंखला अनिश्चितकालका लागि स्थगित

अफगानिस्तान र पाकिस्तानबीचको तीन एकदिवसीय शृंखला अनिश्चितकालका लागि स्थगित भएको छ । दुई बोर्डका पदाधिकारीहरूबीच अफगानिस्तानको अस्थिर अवस्था र श्रीलंका जानका लागि हुने सहजताका विषयमा छलफल भएको थियो । अफगानिस्तानको अहिलेको अवस्थाका कारण खेलाडीहरूको मानसिक अवस्था राम्रो नरहेकाले शृंखलालाई सार्न दुबै बोर्डमा पदाधिकारी सहमत भएका हुन् । यस श्रृंखलालाई २०२२ मा गर्नका लागि प्रयास गरिने पाकिस्तानी क्रिकेट बोर्डले जारी गरेको ट्वीटमा उल्लेख छ । अफगानिस्तान क्रिकेट बोर्डका सिईओ हमिद सिनवारीले यसअघि पाक

कतारमा अफगानिस्तान सरकार र तालिबानबीच वार्ता

बीबीसी। कतारको राजधानी दोहामा अफगानिस्तानको सरकारी प्रतिनिधि र तालेबान लडाकू समूहबीच वार्ता भएको छ। वार्तामा अफगानिस्तानमा चलिरहेको युद्ध राक्ने, तालिबानी कैदीको रिहाइ र अन्तरिम सरकार गठनका विषयमा छलफल गरिएको जनाइएको छ। वार्तामा कुनै पनि विषयमा केही सहमति हुन सकेन।“हामी सबैको प्राथमिकता युद्धलाई पूर्ण रुपमा समाप्त गर्ने र सर्वसम्मतले समस्या समाधान गर्ने रहेको छ,”वार्तापछि अफगानि सरकारको प्रतिनिधिमण्डलका प्रमुख अब्दुल्लाह अक्दुल्लाहले बताए।

चीनद्वारा नेपालसहितका देशसँग कोरोनालगायत विषयमा संयुक्त छलफल

२५ पुस, काठमाडौं । चीनले दक्षिण एसियाली मुलुकहरु पाकिस्तान, अफगानिस्तान, नेपाल, श्रीलंका र बंगलादेशसँग कोभिड–१९, गरिवी निवारण र अन्य क्षेत्रिय विषयमा छलफल गरेको छ । यसबाहेक कोरोना महामारीका कारण अवरुद्ध भएको व्यापार र आर्थिक सम्बन्धको बारेमा पनि छलफल भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होउ थुनयिङले जनवरी ६ मा […]